फेरी असान्त बन्दै नेपाल, अस्थायी राजधानी तोकेसँगै ठाउँ-ठाउँमा अनादोलन | NewsSudur

फेरी असान्त बन्दै नेपाल, अस्थायी राजधानी तोकेसँगै ठाउँ-ठाउँमा अनादोलन

[elfsight_social_share_buttons id="1"]
230 Views

काठमाडौं। सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेपछि त्यसको समर्थन र विरोध सुरु भएको छ। विगत केही समयदेखि धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विराटनगरलाई अस्थायी राजधानी घोषणा गरेपछि क्षेत्रीय प्रशासन कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीले बिहीबार क्षेत्रीय प्रशासन कार्यलयमा आगलजी गरेका हुन्। आगलागीबाट केही भौतिक संरचना नष्ट भएको प्रहरीले जनाएको छ।

यसैगरी पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई घोषणा गरेपछि दाङमा चर्को विरोध सुरु भएको छ। विगतदेखि नै दाङलाई राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका आन्दोलनकारीले रुपन्देहीलाई अस्थायी राजधानी घोषणा गरेपछि माघ चारलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन्। दाङ राजधानी सरकोकार समितिले सरकारलाई दबाव दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

समितिले सरकारको निर्णयको विरोध गर्दै घर घरमा कालो झण्डा राख्ने, सबै सरकारी कार्यालय बन्द गर्नेलगायतका निर्णय गरेको छ। यसैबीच सरकारको निर्णयको माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, एमाले नेता शंकर पोखरेल, कांग्रेस नेता खुमबहादुर खड्कालगायतका नेताले विरोध गरेका छन्। उनीहरुले निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। रुपन्देहीलाई अस्थायी राजधानी घोषणा गरेपछि बुटबलमा भने सरकारी निर्णयको स्वागत गर्दै दिपावली गरिएको छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु