राष्ट्रियसभा चुनाव : आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै | NewsSudur

राष्ट्रियसभा चुनाव : आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै

[elfsight_social_share_buttons id="1"]
162 Views

काठमाडौं, माघ ४ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ । राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतगणना कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने उहाँले बताउनुभयो । सरकारले प्रदेश प्रमुख तोकेपछि राष्ट्रियसभाको चुनावी प्रक्रिया तीब्र गतिमा अघि बढेको आयोगले जनाएको छ । आयोगले गएको पुस २६ गते सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु