प्रताप दास र मेलिना राइको स्वरमा रहेको 'इज इट लभ' ट्रेन्डीङमा नम्बर १ मा | NewsSudur

प्रताप दास र मेलिना राइको स्वरमा रहेको ‘इज इट लभ’ ट्रेन्डीङमा नम्बर १ मा

[elfsight_social_share_buttons id="1"]
159 Views

चलचित्र ‘लिलिबिली’ मा समावेश ‘इज इट लभ’ गीत युट्युवको नेपाल ट्रेन्डीङमा नम्बर १ मा पुगेको छ। प्रताप दास र मेलिना राइको स्वर रहेको गीत सोमबार युट्युवमा सार्वजनिक भएको थियो। एलिश कार्कीको संगीत रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द रहेको छ। गीतलाई हालसम्म ६ लाख बढी पटक हेरिएको छ भने भिडियोमा १२ हजार बढी लाईक र ७०० बढी डिसलाईक रहेको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। मिलन चाम्स निर्देशित चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। गोविन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेको चलचित्रलाई सुदिप बरालले खिचेका छन्। वैशाख १४ मा रिलिज गरिने बताईएको चलचित्रको रिलिज मिति भने अन्योल रहेको छ। पुरा भिडियो हेर्नुहोस…..


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु