रकको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु | NewsSudur

रकको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु

[elfsight_social_share_buttons id="1"]
176 Views

धादिङ, माघ ३ –धादिङको धुनिबेशी नगरपालिका–५, मा बुधबार ट्रकको ठक्करबाट २ वर्षीय बालिकाको ज्यान गएको छ । बाँके बैजपुर स्थायी घर भई धुनिबेशी नगरपालिका–५, बस्ने मोहन बहादुर बिककी छोरी रोसनी बिक खेलिरहेको बेला बा २ ख ८९३५ नम्बरको ट्रक ब्याक गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि ट्रकलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु