ल हेर्नुहोस, चीनले बनायो अनौठो हावा सफा गर्ने विश्वकै अग्लो टावर | NewsSudur

ल हेर्नुहोस, चीनले बनायो अनौठो हावा सफा गर्ने विश्वकै अग्लो टावर

[elfsight_social_share_buttons id="1"]
111 Views

बेइजिङ : चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् । वायु प्रदुषणमा विश्वै बदनाम सहरका रुपमा चीनको राजधानी बेइजिङलाई चिनिन्छ । यहाँ हरेक वर्ष धुवाँ र धुलोका कारण मानिसको दैनिकीमा गम्भी असर परिरहेको छ । समाचार अनुसार यहाँका हरेक व्यक्तिको शरिरमा दैनिक २१ वटा सिगरेट बराबरको धुवाँ पस्ने गरेको छ।

परीक्षण गर्दै वैज्ञानिकहरु –
समाचार एजेन्सीले साउथ चाइना मर्निङ्ग पोस्टलाई उधृत गर्दै दिएको समाचार अनुसार यो टवर झियानमा निर्माण गरिएको हो । चाइनिज एकेडमी अफ साइन्समा स्थापित इन्स्टिच्युट अफ अर्थ इनभार्मेन्टका वैज्ञानिकहरु यस टावरको परीक्षणमा जुटेका छन् ।

१० किमिको हावामा सुधार
– यो रिसर्च कार्यक्रमका प्रमुख काओ जुन्जीले बताए अनुसार टावर लगाएपछि यसको आसपास १० किलोमिटरको दायरामा केही महिनायता हावाको गुणस्तरमा धेरै सुधार आएको देखिएको छ । उनका अनुसार यो टावरले अहिलेसम्म करिब एक करोड क्युबिक मिटर हावालाई सफा बनाइसकेको छ। यो टावरले ग्रीन हाउसेजमार्फत काम गर्ने गरेको छ । जुन यसको जगमा फुटबलको मैदान भन्दा करिब आधा क्षेत्रफलमा बनेको छ।

यो टावरले जटिल अवस्थामा पनि आसपासको हावालाई सफा बनाउने गरेको छ । जुन्जीका अनुसार यो चिनियाँ बैज्ञानिको ठुलो सफलता हो । वैज्ञानिकका अनुसार बेइजिङमा प्रदुषणको स्तर खतरा भन्दा माथि रहेका बेला यो टावरको आसपासको हावा स्वच्छ थियो । उनले यो टावरको परीक्षण सुरुवाती चरणमा रहेको बताउँदै अझै धेरै चरणको परीक्षण बाँकी रहेको जानकारी दिए । यो टावरले निकालेको परिणामको सबै विवरण आगामी मार्चमा सार्वजनिक गरिने भएको छ।

दिउँसो बिजुलीबिना काम गर्छ –
जुन्जीका अनुसार दिउँसो समयमा पनि यसले बिजुलीबिना सजिलै काम गर्न सक्छ । परीक्षणका क्रममा यसले धेरै राम्ररी काम गरिरहेको छ । उनका अनुसार यो टावर अझै निर्माणका क्रममा छ । पुरा आकारको यो टावर करिब ५०० मिटर (१६४० फिट) अग्लो हुनेछ । जसको चौडाई (डायमिटर) २०० मिटर (६५६ फिट) हुनेछ । यसलाई बनाउनेले २०१४ मा यसका लागि प्याटेन्ट एप्लिकेशन पनि दिएका थिए । पुरै आकारमा बनिसकेपछि यसले ३० वर्ग किलोमिटर (११.६ वर्ग माइल) क्षेत्रको हावालाई सफा गर्ने क्षमता राख्छ । साना सहरलाई पुरै सफा हावा उपलब्ध गराउने यस टावरको क्षमता छ । – एजेन्सी


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु