लकडाउनमा पूर्वराजा ज्ञानेन्द्रका वैवाहिक वर्षगाँठ (भिडियो) | NewsSudur

लकडाउनमा पूर्वराजा ज्ञानेन्द्रका वैवाहिक वर्षगाँठ (भिडियो)

[elfsight_social_share_buttons id="1"]
1149 Views

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलले विवाह बन्धनमा बाँधिएको ५०औँ वर्षगाँठ भव् य रुपले मनाएका छन । वैवाहिक सम्बन्धको ५० औ वर्षगाठको अवसरमा ललितपुरको धोबीघाटस्थित चौधरी ग्रुपको स्वामित्वमा रहेको होटल भिभान्तमा रात्रि भो ज आयोजना गरिएको थियो ।

आफ्नै स्वामित्वमा रहेको होटल सोल्टीमा कार्यक्रम आयोजना नगरी भिभान्तमा आयोजना गरिएको रात्रिभोजमा शाही नातेदारको बा क्लो सहभागिता रहेको थियो । पुर्व राजा ज्ञानेन्द्रको अधिकांश कार्यक्रम यसअघि होटल सोल्टीमै हुने गरेको थियो ।
छु ट्टाछु ट्टै बस्दै आएका पूर्वयुवराज पारस र हिमानीसमेत एउटै कार्यक्रममा सहभागी भएका थिए । लामो समयपछि पारस र हिमानी एउटै कार्यक्रममा भेट भएको हो । पारस धापासीस्थित कुण्डलिनी क्ल बमा बस्दै आउनुभएको छ भने हिमानी निर्मल निवासमा बस्दै आउनुभएको छ ।

उच्चशिक्षा अध्ययनको सिलसिलामा थाइल्यान्ड बस्दै आएकी दुई छोरी कीर्तिका र पूर्णिकाको साथमा थाइल्यान्डमै बस्दै आउनुभएकी पूर्वयुवराज्ञी हिमानी शाह सासू र ससुराको विवाहको ५०आंै वर्षगाँठ मनाउन केही दिनअघि मात्र नेपाल फर्कनुभएको थियो ।
रात्रि भोजमा पूर्वयुवराज पारस राति करिब ७ बजे कार्यक्रम स्थलमा प्रवेश गर्नुभएको थियो भने सोही समयमा हिमानी शाह छोरा हृदयेन्द्र र दुई छोरीको साथमा कार्यक्रम स्थल पुग्नुभएको थियो ।

रात्रिभोजमा आफ्ना बालसखा प्रभु शमशेरको परिवार, पूर्वसैनिक सचिव शान्तबहादुर मल्लका परिवार र नातेदारहरूको मात्र उपस्थिति रहेको थियो । राति ११ बजेसम्म चलेको रात्रिभोजमा पूर्वराजपरिवारका २ सय जतिको संख्यामा उपस्थित रहेको थियो ।

कार्यक्रमको शुरूमा विवाह उत्सव मनाउन उपस्थित पूर्वराजा र रानीलाई सबै आफन्तले शुभकामना र विभिन्न उपहारका प्रदान गरेका थिए । त्यसपछि रात्रिभोज शुरू भएको थियो । बुढ्यौलीको कारण छोराको विवाहको ५०आंै वर्षगाँठमा आमा रत्न पुग्नुभएको थिएन ।

उहाँसँग आशीर्वाद लिन छोरा ज्ञानेन्द्र र बुहारी कोमल नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल पुग्नुभएको थियो । आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वराजा दिनहुँजसो महेन्द्र मञ्जिल पुग्ने गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु