है ट्, केकीको लकडाउन म स्ती (६ तस्बिरसहित) | NewsSudur

है ट्, केकीको लकडाउन म स्ती (६ तस्बिरसहित)

[elfsight_social_share_buttons id="1"]
441 Views

व्यस्त नायिका केकी अधिकारी अहिले लकडाउनको समयमा परिवारलाई समय दिइरहेकि छिन् । सरकारले देशभर लकडाउन गरेपछि नायिका केकी अधिकारी यतिबेला नियमको पालना गर्दै घरमै बसिरहेकी छन् । घरमै व्यायाम र जिम गरेको तस्बिर उनले समाजिक संजाल फेसबुकमा हालेकि छिन् । पोखरामा चलिरहेको ‘परदेशी–२’को सुटिङ तत्काल स्थ गन गरेकी छन् भने कमेडी च्याम्पियनको वर्ल्ड टूर पनि स्थगन गरिएको उनले जानकारी दिइन् ।

उनले लकडाउनले आफूलाई धेरै कुरा सिकाएको बताएकी छन्, फेसबुकको लाइभ मार्फत । उनले भनेकी छन्, ‘यो लकडाउनले मलाई धेरै कुरा सिकाएको छ । इच्छा नभएको कुरा पनि सिक्ने अवसर पाएकी छु । मैले कुकिङ सिकिरहेकी छु, घरमा प्रत्येक दिन नयाँ–नयाँ डिश ।’
उनले मानव जातिको प्रकृति नै जस्तोसुकै अवस्थामा पनि बाँच्न सक्ने भएकाले धै र्यताले बस्न अनुरोध गरेकी छन् । उनले लकडाउनले हामीमा भएको इ ष्र्या, रि स, द्वे ष कम हुँदै गएको र साहासी, धैर्यवान् बनाएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘म क्वारेन्टाइनमा बसेको आज ठीक १० दिन भयो । तर मलाई एकदमै कम्फर्ट फिल भइरहेको छ । ममा रि स, इ ष्र्या छैन । म आफूलाई गर्न मन लागेको पढन् मन लागेको र नयाँ अझै धेरै कुराहरु सिकीरहेकी छु, मानव जीवन र जगतको बारेमा ।’
उनले मानवलाई एउटा रो गले पनि एकजुट हुन सिकाइदिएको बताएकी छन् । यसले विश्वभर नै मानवता र एकतालाई कायम राख्न प्रेरित गरेको बताउँदै भनेकी छन्, ‘हामी मानव जातिलाई धै र्यता, एकता, भूगोल, जाति, वर्ग र क्षेत्रबाट अलग गरिदिएको छ । यो प्रकृतिको नियममा चल्न सिकाएको छ।’

उस्तै उनले घरमा बसेर घरको वातावरणलाई झन् नजिकबाट बुझ्ने मौका पाएको र भान्छाको काम पनि सिकेको बताइन् । तपाइले घरमा नयाँ काम के सिक्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘खासमा किचेनको काम सिकेँ । आलुचप बनाउन सिकेँ । आमा लगायत परिवारसँग भेट्ने अवसर पाएँ । रमाइलो भइरहको छ।’

 


लकडाउनको बेला उनी भने दिउँसोतिर फिल्मकै पुस्तक पढिरहेकी छन् । उनी भन्छिन्,’ मलाई पुस्तक पढ्न एकदमै मन पर्छ । हेर्न नपाएका र पुराना फिल्महरु हेरिरहेको छु । कुकिङमा रुची बढाइरहेकी छु । दिनदिनै एउटा डिश पकाउन सिकिरहेकी छु ।’
उनले लकडाउनले हामी सबैलाई धै र्यता सिकाएको बताउँदै सहनशीलताका साथ दु ख लाई पनि सामना गर्ने भन्ने सामथ्र्य जगाएको बताइन् । उनले भनिन्, ‘हामी नेपालीहरु धै र्यता र आँ टिलो हुनु नै ठूलो कुरा हो । पहिला एक दुई दिन लकडाउन सहन नसके नि अहिले आठरदश दिन सहन सक्ने भएका छौँ । यो हाम्रो धैर्यता हो ।’


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु