नेपालमा नर्समा पनि कोरोना सं क्र मण 'पोजेटिभ' देखियाे | NewsSudur

नेपालमा नर्समा पनि कोरोना सं क्र मण ‘पोजेटिभ’ देखियाे

[elfsight_social_share_buttons id="1"]
2509 Views

काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्र मण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्र मण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्र मण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आ इसोले सनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आ इसोलेस नमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

काेराेनाका तेस्राे चरण देखियाे

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भा इ रसको सं क्र मण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्र मण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्स मिसन’मा प्रवेश गरेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्र मण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्र मण भेटिएको थियो। यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्र मण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ।

सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट ने गेटि भ आएको र ८ जनामा कोरोना संक्र मण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो। यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो। साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको सं क्रम ण रहेको पुष्टि भएको छ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ।

मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो। उदयपुरमा समुदायमै संक्र मण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्र मणको तेस्रो चरण देखिएको संकेत गरेका हुन्।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो। उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खत रा को घण्टी हो।

संक्रा मक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि उदयपुरमा देखिएका संक्र मित हरुको संख्याले नेपालमा भाइरसको संक्र म ण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुने बताए।

‘यदि सुरुमा पोजिटिभ देखिएका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्र म ण भएको देखिन्छ,’ उनले भने, ‘यस्तोमा त्यो क्षेत्रमा संक्र मि तहरुको संख्या ठूलो हुनसक्छ। कन्ट्याक्ट ट्रेसि ङलाई व्या प क बनाउनुपर्ने देखियो।’

जनस्वास्थ्य विद् डा. वन्तका अनुसार पनि उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्न एकदमै जरुरी छ। ‘उनीहरुमा कहाँबाट संक्र मण भएको हो त्यसको खोजी गर्न एकदम जरुरी छ,’ उनले भने, ‘ती संक्र मित बाहिर नै संक्र मित भएर आएका हुन् वा नेपालभित्रै संक्र मित भएका हुन् त्यो पनि सोचनीय विषय हो।’

विज्ञहरुका अनुसार समुदायमा संक्र मण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ। ल कडा उन, सामाजिक दुरीको अलावा सम्भावित सं क्रमि तको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ।

‘सरकारले मुख्यतः खोजी प्रणाली चुस्त बनाउनुका साथै सम्भावित सं क्रमि त समुदायलाई परीक्षणको दायरामा ल्याउनै पर्छ,’ उनले भने, ‘अब त झन् पीसीआर परीक्षणलाई बढाउनुपर्ने देखिन्छ।’ तेस्रो चरणसम्म आइपुग्दा एउटाबाट अर्कोमा मात्र होइन यसको संख्या अझ बढ्दै जाने भएकाले पनि थप स तर्क हुन आवश्यक रहेको उनको विचार थियो।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले ट्र याकि ङ र ट्रे सि ङको जिम्मा लिएको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमित व्यक्तिको खोज्ने र परीक्षणको दायरामा ल्याउने काम भइरहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भा इ रस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्र मण दोस्रो चरण, ‘लोकल ट्रान्स मिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो। नेपालमा संक्र मण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ।

चैत २२ गते सं क्रमि त भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका सं क्रमि त पुरूषकी आफन्त थिइन्। त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्र मण सरेको पुष्टि भएको थियो।

नेपालमा देखिएका सं क्रमित मध्ये पहिलोपटक विदेशबाट आएका संक्र मित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोना भाइ रस को संक्रम णलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्स मिसन’ भनिएको थियो।

दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भा इर सको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए।

मंगलबारसम्म कोरोना भा इरस बाट संक्र मित हुनेको संख्या ४२पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्। परीक्षणको दायरा बढाइएसँगै संक्र मितको संख्या पनि बढेको देखिन्छ। नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु