नेपालमा थपिए कोरोना संक्र मित, संख्या ३२ पुग्यो | NewsSudur

नेपालमा थपिए कोरोना संक्र मित, संख्या ३२ पुग्यो

[elfsight_social_share_buttons id="1"]
428 Views

नेपालमा कोरोना संक्र मितको संख्या ३२ पुगेको छ । आज ३३ वर्षिया पुरुषमा कोरोना भा इरस देखिएको छ । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्र मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्र मण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्र मण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्र मण देखिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये आज एकजना कोरोना संक्र मण देखिएको हो ।
आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ ।
योसँगै संक्र मित हुनेको संख्या ३२ पुगेको छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु