राजेश हमालको फ्यान यी नायिकालाई लैजान नेपाल आयो भुटानी विमान (१२ तस्बिरसहित) | NewsSudur

राजेश हमालको फ्यान यी नायिकालाई लैजान नेपाल आयो भुटानी विमान (१२ तस्बिरसहित)

[elfsight_social_share_buttons id="1"]
489 Views

कोरोना भा इर स (कोभिड–१९) का कारण विश्वनै आ तंकि त भएको छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ुव्यवसायिक हवाई उडान बन्द गरिएको छ । यसैबिच, भुटानले आफ्ना दुई नागरिकलाई लैजान नेपालमा राष्ट्रिय ध्वजावाहक प्लेन पठाएको छ । ड्रुक एअरले दुई जना भुटानी नागरिकको उ द्धार गरेर आफ्नो देश लगेको छ । भुटानले उ द्धार गरेर लगेका ती दुई नागरिक चलचित्र छायांकनकालागि नेपाल आएका थिए । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ ।

जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आउनुभएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिनुभयो । भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्व रेण्टी नमा बसेका छन् ।


थिम्पुको एक क्वरेण्टीनमा बस्नुभएका पाइलट सोनाम तोब्गेले देशकै चर्चित अनलाईन पोर्टल उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’
उहाँले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताउनुभयो । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्यो, त्यसमा मलाई गर्व लागेको छ ।’
‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उहाँहरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले भन्नुभयो ।

विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए ।

राजेश हमालको फ्यान

भुटानकी नायिका उगेन नेपाली चलचित्रमा काम गर्दैछिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’बाट उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

८ वटा भुटानी चलचित्रमा काम गरिसकेकी उगेनले भुटानमा राम्रो स्टारडम बनाएकी छिन् । उनले केही चलचित्रको निर्माण तथा निर्देशन पनि गरिसकेकी छिन् । उनलाई भुटानका राजाले राम्रो काम गरेको भन्दै सम्मान पनि गरेका थिए ।

आफ्नो डेब्यु चलचित्रको तयारीमा नेपाल आएकी उगेनले आफू नेपाली चलचित्रको फ्यान नै भएको बताइन् । उनले भनिन्, ‘मैले सानो उमेरमा नै राजेश हमालको चलचित्र हेरेको थिए । त्यहीँ समयदेखि मलाई नेपाली चलचित्र मन पर्दथ्यो । राजेश हमालको त म फ्यान नै हुँ ।’
राजेश बेला बखत भुटान पुगिरहेका हुन्छन् । त्यहाँ राजेशको क्रेज निकै राम्रो भएको उगेनले बताइन् । उनले भनिन्, ‘त्यहाँ हामीलाई भन्दा नेपाली कलाकारहरुलाई बढि चिन्नुहुन्छ । साच्चिकै नेपाली कलाकारलाई प्रेम गर्छन् भुटानका नागरिक ।’

उक्त फिल्ममा उगेन सहित दयाहाङ राई, वर्षा राउत, पल शाह लगायतको अभिनय रहेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु