अन्तत सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी (नामावली सहित) | NewsSudur

अन्तत सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी (नामावली सहित)

[elfsight_social_share_buttons id="1"]
262 Views

काठमाडौं। सरकारले सात प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुख र अस्थायी राजधानी तोकेको हो। जसअनुसार एक नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बा, २ नम्बर प्रदेशमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर तीनमा अनुराधा कोइराला, प्रदेश नम्बरमा चारमा बाबुराम कुँवर, प्रदेश नम्बर पाँचमा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। तीमध्ये दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाल र प्रदेश नम्बर पाँच राजपाको भागमा परेको छ। बाँकी पाँच प्रदेश कांग्रेसको भागमा परेको छ।

सातवटै प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ। यसैगरी मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशमो अस्थायी राजधानी पनि तोकेको छ। जसअनुसार प्रदेश नम्बर एकको विराटनगर, प्रदेश नम्बर दुईको जनकपुर, प्रदेश नम्बर तीनको हेटौंडा, प्रदेश नम्बर चारको पोखरा, प्रदेश नम्बर पाँचको रुपन्देही, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर सातको कैलालीलाई अस्थायी राजधानी तोकिएको छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु