११ दिन २५ मिनेटसम्म जागा बसेर विश्व किर्तिमान | NewsSudur

११ दिन २५ मिनेटसम्म जागा बसेर विश्व किर्तिमान

[elfsight_social_share_buttons id="1"]
108 Views

मानिसका लागि दिनमा कम्तिमा पनि ८ घण्टाको निद्रा जरुरी हुन्छ । तर यो दुनियामा कोही मानिस ११ दिन सम्म जागै रहन सक्दा रहेछन् ।सन् १९६० को दशकमा दुईजना अमेरिकी विद्यार्थीहरु ११ दिन २५ मिनेटसम्म नसुतिसकनै बिताए ।\रेन्डी गार्डनर र ब्रुस मेकएलिस्टरले यस्तो रेकर्ड बनाउन तथा स्कुलका लागि वैज्ञानिक प्रयोग गर्नका लागि ११ दिनभन्दा धेरै समयसम्म जागै बसेका थिए ।त्यसबखत मानिस सबैभन्दा लामो कति समयसम्म ननिदाईकन बस्न सक्ला ? भन्ने कुरा अनुसन्धानको विषय थियो ।

त्यहीँ बेला १७ वर्षीय रेन्डीले होनोलुलुका एक डिजेको रेकर्ड तोड्न चाहन्थे जो २६० घण्टा अर्थात् ११ दिन नसुतिकन किर्तिमान राखेका थिए । रेन्डीले त्यो रेकर्ड ताडे र उनी ११ दिन २५ मिनेटसम्म नसुतिकन बसे । रेन्डी सँगै उनका साथी ब्रुस मेकएलिस्टर पनि अनिँदो नै रहे ।रेन्डी ११ दिन २५ मिनेटसम्म अनिँदो बसेर रेकर्ड कायम गरेसँगै यति गहिरो निद्रा सुते की उनी लगातार १४ घण्टासम्म सुतिरहे ।आखिर बिरालो कति दिनसम्म अनिँदो बस्नसक्छ ? भन्ने सन्दर्भमा अमेरिकामै एउटा अनुसन्धान भएको थियो । त्यसक्रममा १५ दिनसम्म जागै रहेपछि बिरालोको मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु