आँचलको विवाह भएपछि पलले यस्तोसम्म गरे | NewsSudur

आँचलको विवाह भएपछि पलले यस्तोसम्म गरे

[elfsight_social_share_buttons id="1"]
3917 Views

कुनै समय प्रेमि प्रेमिका भन्दै पल शाह र आँचल शर्माको ल भलाईफ चर्चामा थियो । उनीहरु प्रे ममा रहेको नेपाली सिनेमा क्षेत्रमा हल्लै चलेको थियो । उनीहरुले प्रेमको बारेमा अस्विकार गरेपनि पलको एक कदमले भने कथाको ग हिराई बेग्लै रहेको देखाएको छ । नेपाली सिनेमा क्षेत्रमा छोटो समयमै ठूलो नाम र दाम कमाउन सफल पलले आँचललाई इन्स्टाग्राममा हालसालै अनफलो गरेका छन् । रमाइलो कुरा त के छ भने, पलले जम्मा १० जनालाई मात्र इन्स्टाग्राममा फलो गर्दै आएका थिए । आँचलको विवाह प्रेमि उदिप श्रेष्ठसँग भएपछि पलले आँचललाई अनफलो गरेका हुन् । अहिले पलले जम्मा ७ जनालाई इन्स्टाग्राममा फलो गरेका छन् । पलको फ्यान क्रेज लोभलाग्दो छ । सामाजिक संजालमा पनि उनलाई पछ्याउनेको संख्या गज्जबको छ । सामाजिक संजाल इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या डेढ लाख छ । पलको यो लोभलाग्दो फ्यान क्रेजले पनि उनको स्टारडम कस्तो छ भनेर वुझ्न सकिन्छ ।

पलले सामाजिक संजाल इन्स्टाग्राममा भने निकै कमलाई मात्र पछ्याएका छन् । उनले केही समय अघिसम्म १० जनालाई फलो गरेका थिए । अहिले यो संख्या ७ मा झरेको छ । अचम्मलाग्दो कुरा त के छ भने, पलले केही समय अगाडिसम्म नायिका आँचल शर्मालाई पनि फलो गरेका थिए । आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् ।

तर, अहिले पलले आँचललाई अनफलो गरेका छन् । आँचलको सूचीमा पनि पलको नाम हटेको छ । नायिका आँचल शर्माले बिहिबार मात्र प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् । आँचलको बिहे पक्का भएसँगै पलले उनलाई अनफलो गरेका हुन् । पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी भन्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।

विवाह सम्पन्न

नायिका आँचल शर्मा विवाह बन्धनमा बाधिएकी छिन् । बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा नायिका शर्माले प्रेमी उदिप श्रेष्ठसँग भव्य समारोहको आयोजना गरी हिन्दू परम्पराअनुसार बिबाह बन्धनमा बाधिएकी हुन् । उनीहरुले एक वर्ष लामो प्रेमसम्बन्धलाई परिणत गरेका हुन् ।

वैवाहिक समारोहमा दुबै पक्षका आफन्त र सिनेकर्मीहरुको उपस्थिती रहेको थियो । आँचलले विवाहका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।उनीहरुले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु