लोकसेवाका महत्वपुर्ण प्रश्न उत्तरहरु | NewsSudur

लोकसेवाका महत्वपुर्ण प्रश्न उत्तरहरु

[elfsight_social_share_buttons id="1"]
286 Views

१. नेपालका ४ वटा दौड सिरिज मध्यको अन्तराष्ट्रिय स्तरको दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथन २०७६ को उपाधि कसले जितेका छन् ?

(क) धीरबहादुर बुढा (ख) धीरेन्द्र भण्डारी (ग) देवराज महतारा (घ) सरोज शाही

२. साफ यू–१८ च्याम्पियनसिप कुन देशमा भएको थियो ?

(क) माल्दिभ्स (ख) भारत (ग) बंगलादेश (घ) नेपाल

३. तलदिइएका कथन मध्ये गलत कुन चाहि हो ?

(क) पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्छ ।

(ख) पृथ्वीको दक्षिण गोलार्धलाई जल गोलार्ध भनिन्छ ।
(ग) पृथ्वीले २४ घण्टामा ३६० डिग्री पार गर्दछ ।
(घ) पृथ्वीको जुम्ल्याहा ग्रह मंगल ग्रह हो ।

४. निम्न हिमाल बारे बिचार गरी पूर्व पश्चिमको क्रम मिलाउनुहोस् ।
१. नेपाल पिक २. अमादब्लम ३. माछापुछ्रे ४. निलगिरी
(क) २,१,३,४ (ख) २,१,४,३ (ग) १,२,३,४ (घ) १,२,४,३

५. बडीगाड कुन नदीको सहायक नदी हो
(क) सेती (ख) कालिगण्डकी (ग) महाकाली (घ) राप्ती (पश्चिम)

६. पर्यटकिय स्थल रामारोसन कुन जिल्लमा पर्दछ ?
(क) बझाङ (ख) दार्चुला (ग) डोटी (घ) अछाम

७. घाँसे मैदानका आधारमा गलत जोडा पत्ता लगाउ ?
(क) युरोप………………..स्टेप्स
(ख) अफ्रिका………………भेल्ड
(ग) द.अमेरिका……………साभाना
(घ) उ.अमेरिका…………. प्रेयरी

८. प्रथम विश्वयुद्धको प्रारम्भ कुन–कुन राष्ट्रबीचको युद्धबाट सुरु भयो ?
(क) जर्मनी र पोल्याण्ड (ख) जर्मनी र फ्रान्स (ग) अष्ट्रेलिया र सर्विया (घ) सर्विया र अष्ट्रिया

९. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
१. मल्लपुरी मानदेवले विजय गरेका थिए ।
२. कर्नाट वंशका संस्थापक हरिहर सिंह हुन् ।
३. डोटी राज्य चौविसे राज्यमा गणना गरिन्थ्यो ।
४. लक्ष्मीनरसिंह मल्ल काठमाण्डौका राजा थिए ।

उपयुक्त कथनहरु मध्ये सही कुन हो ÷कुन–कुन हुन् ।
(क) १, २ सही र ३ र ४ गलत (ख) १, ३ सही र २ र ४ गलत
(ग) १, ४ सही र २ र ३ गलत (घ) १,३,४ सही र २ गलत

१०. किसान जाति कुन समुहमा पर्दछ ?
(क) सुविधा वञ्चित समुह (ख) सिमान्तकृत समुह
(ग) लोपोन्मुख समुह (घ) अति सिमान्तकृत समुह

११. राष्ट्रिय सुरक्षा परिषद्मा निम्न को सदस्य हुदैन ?
(क) परराष्ट्र मन्त्री (ख) अर्थमन्त्री (ग) मुख्य सचिब (घ) गृह सचिब
१२. राणाकालीन समयमा भ्रष्टाचार निवारण सम्वन्धि कामगर्ने अड्डा कुन हो ?
(क) मुलुकि अड्डा (ख) तवेला दलान (ग) थाना कचहरी (घ) विन्तिपत्र निक्सारी अड्डा
१३. विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन, २०२० कहिले भएको हो ?
(क) २०२० जनवरी १२ बाट १४ सम्म (ख) २०२० जनवरी १७ बाट २३ सम्म
(ग) २०२० जनवरी २१ बाट २४ सम्म (घ) २०२० जनवरी २७ बाट २९ सम्म
१४. नेपालमा कफि दिवस …….. दिन मनाईन्छ ।
(क) चैत्र २० (ख) असोज २० (ग) मंसिंर १ (घ) असोज १
१५. सुकेटार विमानस्थल कुन जिल्लमा पर्दछ ?
(क) ताप्लेजुङ (ख) ओखलढंगा (ग) डोल्पा (घ) तेह्रथुम
१६. वि.स २०६८ को जनगणना अनुसार सबैभन्दा बढी र सबैभन्दा कम औषत परिवार संख्या हुने जिल्लाहरु कुन कुन हुन् ?
(क) सप्तरी र गोरखा (ख) धनुषा र मकवानपुर
(ग) रौतहट र कास्की (घ) पर्सा र रुपन्देही
१७. तल राष्ट्रिय निकुञ्ज लगायत प्रथम पटक घोषणा गरिएको बर्ष उल्लेख गरिएको छ । समुह क्ष् र समुह क्ष्क्ष् मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।
a राष्ट्रिय निकुञ्ज 1) १९७६
b सिमसार क्षेत्र 2)१९८७
cसंरक्षण क्षेत्र 3)१९७३
d वन्यजन्तु आरक्ष 4)१९९२
(क)a-3,b-4,c-2,d-1           ख) a-3,b-2,c-4,d-1

ग) a-3,b-2,c-1,d-4           घ) a-1,b-4,c-2,d-3

१८. निम्न मध्ये कुन रोग रेट्रो भाइरसबाट लाग्ने रोग हो ?
(क) भिरिंगि (ख) एच.आइ.भी (ग) गोनोरिया (घ) हेपाटाइटिस
१९. सार्क राष्ट्रहरुमध्ये सबैभन्दा पछि नेपाल संग कुटनैतिक सम्बन्ध स्थापित भएको मुलुक कुन हो ?
(क) अफगानस्तान (ख) पाकिस्तान (ग)श्रीलंका (घ) भुटान
२०. संयुक्त राष्टसंघका प्रथम चार महासचिवहरु क्रमश:
(क) ट्रिग्वेली, उथान्त, ड्याग ह्यामरशोल्ड,कुर्तवाइल्ड हाइम
(ख) ट्रिग्वेली,ड्याग ह्यामरशोल्ड,उथान्त,कर्तुवाइल्ड हाइम
(ग) ट्रिग्वेली, ड्याग ह्यामरशोल्ड, कर्तुवाइल्ड हाइम, उथान्त
(घ) ट्रिग्वेली, कुर्त वाइल्ड हाइम, उथान्त, ड्याग ह्यामर शोल्ड
२१. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको मानिन्छ ?
(क) बेलायत (ख) फ्रान्स (ग) इटाली (घ) जर्मनी
२२. निम्न मध्ये कसको अध्यक्षतामा प्रशासन सुधार योजना गठन भएको थिएन ?
(क) भेष बहादुर थापा (ख) वेदानन्द झा (ग) गिरीजाप्रसाद कोइराला (घ) कुलशेखर शर्मा
२३. काठमाण्डौमा विद्युतीय तारलाई भूमिगत रुपमा विस्तार गर्ने कार्यको थालनी कहिलेबाट शुरु भएको हो ?
(क) २०७६ फाल्गुण १ (ख) २०७६ फाल्गुण ३ (ग) २०७६ फाल्गुण ४ (घ) २०७६ फाल्गुण ५
२४. वन ऐन २०७६ अनसार वनलाई कति भाग मा विभाजित गरिएको छ ?
(क) २ (ख) ३ (ग) ४ (घ) ५
२५. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी २६ औ शिखर सम्मेलनको आयोजक राष्ट कुन हो ?
(क) चिली र स्पेन (ख) जर्मनी र चिली (ग) फ्रान्स र चिली (घ) पोर्चुगल र स्पेन
२६. फ्रान्सेली राज्य क्रन्तिमा देहायको मध्ये कुन विदेशी घटनाको प्रभाव परेको थिएन ?
(क) अमेरिका स्वतन्त्रता संग्राम (ख) बेलायतको गौरवमय क्रान्ति
(ग) समकालीन स्वतन्त्रमुखी विश्व लहर (घ) इटालिको पुर्नजागरण आन्दोलन
२७. नेपालमा समावेशीकरणको औपचारिक शुरुवात कुन संविधानले गरेका हो ?
(क) नेपालको संविधान २०१९ (ख) नेपाल अधिराज्यको संविधान २०४७
(ग) नेपालको अन्तरिम संविधान २०६३ (घ) नेपालको संविधान २०७२
२८. सुशासनका चार खम्बा भन्नाले कुन कुन विषयहरु पर्दछन् ?
(क) उत्तरदायित्व जनसहभागिता,पारदर्शिता,विधिको शासन
(ख) समता,समानता,सशक्तिकरण,उत्प्रेरणा
(ग) पारदर्शित, असल, प्रशासन, भविष्यपरकता, विधिको शासन
(घ) जवाफदेहिता,जिम्मेवारी,पारदर्शिता,सहभागिता
२९. चर्खा प्रचारमा प्रतिबन्ध लगाउने राणा प्रधानमन्त्री को थिए ?
(क) जुद्ध शमशेर (ख) वीर शमशेर (ग) भीम शमशेर (घ) चन्द्र शमशेर
३०.सहस्राब्दी विकास लक्ष्यले निम्न मध्ये कुन पक्षलाई समेटोको छैन ?
(क) विकासको लागि साझेदारी (ख) विश्वव्यापी रुपमा माध्यामिक शिक्षा
(ग) गरिबी र भोक उन्मुलन (घ) मातृ तथा बाल मृत्युदरमा सुधार
३१.यदि दक्षिण पूर्वलाई उत्तर तथा उत्तर पूर्व लाई पश्चिम मान्ने हो भने पश्चिमलाई के मान्नु पर्ला ?
(क) उत्तर–पूर्व (ख) उत्तर–पश्चिम (ग) दक्षिण–पश्चिम (घ) दक्षिण–पूर्व


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु