एसीसी ईस्टर्न रिजन टि -ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक | NewsSudur

एसीसी ईस्टर्न रिजन टि -ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक

[elfsight_social_share_buttons id="1"]
976 Views

थाइल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासङ्ग खेल्नेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग फ्रेब्रुवरी २९ मा खेल्नेछ भने दोस्रो खेल हङकङसँग मार्च ४ मा खेल्नेछ । त्यस्तै अन्तिम खेल नेपालले मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।
शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले सहभागिता जनाउनेछन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु