घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि नेपालि प्रारम्भिक टोलीको घोषणा | NewsSudur

घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि नेपालि प्रारम्भिक टोलीको घोषणा

[elfsight_social_share_buttons id="1"]
588 Views

विश्वकप छनौट घरेलु मैदानमा हुने अष्ट्रेलियासंगको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासंग घरेलु मैदानमा हुने खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मार्च ३१ मा दशरथ रंगशालामा हुने खेलका लागि घोषणा गरिएको टोलीमा मुख्य खेलाडी नै अटाएका छैनन् । गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र फरवर्ड बिमल घर्तीमगर प्रारम्भिक टोली बाहिर रहेका हुन् ।
टोलीका राम्रो प्रर्दशन गर्दै आएका अबिशेष रिजाल, सन्तोष तामाङ र दिनेश राजवंशी पनि टोली बाहिर रहेका छन् । ३१ सदस्सीय प्रारम्भीक टोलीमा विकेश कुथु, बिशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल र अजित भण्डारी रहेका छन् ।
त्यस्तै छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लोक्ताम, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा र सुवास गुरुङले प्रारम्भीक टोलीमा स्थान बनाएका छन् । मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट र जर्ज प्रिन्स कार्की भने टोलीमा परेका छन् । टोलीका अन्य सदस्यहरुमा दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना रहेका छन् ।
प्रारम्भीक टोलीको बन्द प्रशिक्षणबाट अन्तिम टोलीको टुंगो लगाईने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो । अवे खेलमा ५–० को फराकिलो हार भोगेको नेपालले अष्ट्रेलियाबिरुद्ध घरेलु मैदानमा प्रर्दशन सुधारको अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु