पहिलो पटक नेपालमै फेला पर्यो दुईवटा टाउको भएको सर्प (भिडियो सहित)) | NewsSudur

पहिलो पटक नेपालमै फेला पर्यो दुईवटा टाउको भएको सर्प (भिडियो सहित))

[elfsight_social_share_buttons id="1"]
661 Views

नवलपुरमा दुईवटा टाउको भएको करेत सर्प फेला परेको छ । सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको दलदलेमा फेला पारेका हुन् । फेला पारेको उक्त करेत प्रजातीको दई टाउके सर्प ६ण्१ वर्षपछि विश्वमा दोश्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता देवकोटाका अनुसार दुई टाउके करेत भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेका थिए । त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित छ ।

दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल पुर्याएका थिए । त्यसलाई देवकोटाको समूहले अध्ययन गरेर सुरक्षितसाथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए ।

त्यस्तै, देवकोटाकै समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि फेला पारेको छ। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको रहोबरमा जिउँदै छाडिएको रेन्जर सन्तबहादुर मगरले बताए ।

‘दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भ्सिटीस्थित ली कोग चेन प्रकृतिक विज्ञान संग्राहलयमा राखिएको छ,’ देवकोटाले भने, ‘ब्यान्डड कुक्रीको बारेमा तयार पारिएको विस्तृत अध्ययन अनुसन्धान अमेरिकाको रेप्टाईल एन्ड एम्फिबियन कन्जरभेसन जर्नलमा प्रकाशित हुने तयारीमा छ ।’ दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख रेप्टाइल एन्ड एम्फिबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ ।

देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ। रुपन्देही जिल्लामा मात्र २३ प्रजातीका सर्प भेटिएको उनले बताए। विश्व स्वास्थ्य संगठनको सन् १९८७ को तथ्यांक अनुसार यी जिल्लाहरुमा सर्पको टोकाइबाट वर्षेनी १ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।

‘तर, सर्पले टोकेको उपचारको औषधि त्यही सर्पकै विषबाट बन्छ भन्ने हाम्रोमा अझै जानकारी छैन्,’ देवकोटाले भने, ‘त्यो जनचेतना मात्र जगाउन सकेपनि सर्पको टोकाइबाट मर्नेको संख्या कम गर्न सकिन्छ ।’


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु