स्यालुट नेपाली महिलालाईः अंगदान गर्न महिला सधैँ अघि, पुरुष स्वा र्थी | NewsSudur

स्यालुट नेपाली महिलालाईः अंगदान गर्न महिला सधैँ अघि, पुरुष स्वा र्थी

[elfsight_social_share_buttons id="1"]
263 Views

सृजना खड्का

नेपालमा लिं गको आधारमा भे द भा व बढ्दो छ । महिलालाई सधैँ कमजोर ठान्नेले नेपाली महिलाको बहादुरी भने देख्न सकेका छैनन् वा देख्नै चाहेका छैनन् । धेरै ठाउँमा पुरुष भन्दा महिला निडर र बहादुर भएको देख्न सकिन्छ । त्यहि विषयलाई लिएर एउटा रिपोर्ट तयारी पारिएको छ ।

नेपालमा अंगदान सम्बन्धि जनचेतना नहुँदा मान्छेहरु अंगदानलाई खासै वास्ता गरिदैन । अंगदान भनेको जिवनदान हो । त्यसैले, अंगदान सम्बन्धि चेतना बढाइनुपर्छ । नेपालमा सबैभन्दा बढि अंगदाननै महिलाले गरेको देशकै शिर्ष अनलाइन सम्पूर्ण विक्ली अनलाइनमा समाचार लेखिएको छ । विभिन्न रिपोर्ट तयार पारेर उक्त अनलाइनले महिलाको बहादुरीका बारेमा समाचार लेखेको छ । हेरौँ तिनै रिपोर्टः

पर्साकी रुबी अन्सारी २४ वर्ष लागिन् । उनका भाइ नवाज भर्खरै १७ लागे । रोगले यी दुवैलाई आवश्यकताभन्दा बढी परिपक्व बनाइदिएको छ । रुबी परिवारकी काइँली छोरी हुन् । उनीमाथि तीन दिदी छन् भने मुनि एक बहिनी र दुई भाइ छन् । नवाज सबैभन्दा कान्छा हुन् ।

रुबी बीबीएस गर्दै थिइन् । नवाज एसईई दिएर बसेका थिए । एक दिन उनलाई नराम्रोसँग ज्वरो आयो । परिवारले उनलाई जँचाउन अस्पताल लग्यो । ‘गाउँको अस्पतालमा ‘बिरामीलाई काठमाडाँ लैजानुपर्छ’ भनेपछि हामीले नवाजलाई काठमाडौँ ल्यायौँ,’ रुबीले भनिन्, ‘अस्पताल ल्याएर चेक गराउँदा उसको दुवै किड्नी ख राब भएको थाहा भयो ।’

रुबीको दुवै दिदीको बिहे भइसक्यो । आमाबुबाको उमेरले ने टो का टि सक्यो । एक जना दिदी एमबीबीएस पढ्न चीन र अर्की फार्मेसी पढ्न भारत गएका छन् । ‘परिवारको सबै जिम्मेवारी अहिले मेरो काँधमा छ,’ रुबीले भनिन्, ‘त्यसैले भाइको उपचारमा मै खटेँ । ऊ पढाइमा राम्रो र कान्छो भएकाले हामी सबै उसलाई धेरै माया गर्छौं ।’

मिर्गौला फे ल भएको थाहा पाएपछि छोरालाई मिर्गौला दिन नवाजकी आमा तम्सिइन् । यो कुरा रुबीले स्विकारिनन् । ‘यति धेरै छोराछोरी पाएर क म जोर भएकी आमाको ज्यान म थप कमजोर बनाउन चाहन्नथेँ,’ उनले भनिन्, ‘त्यसैले म आफैँले मिर्गौला दिने सोच बनाएँ । ‘म तपाईंलाई दु ख दिन मात्रै होइन, तपाईंको दु खमा साथ दिनका लागि पनि जन्मिएकी हुँ’ भनेर आमालाई भनेँ ।’

उनको यो निर्णय कसैलाई मन परेन । यसमा उनलाई कसैले साथ दिएनन् । ‘आमाले ‘म म र्ने बेला भइसक्यो, तिम्रो त पूरै जिन्दगी बाँकी छ’ भन्नुभयो,’ रुबीले भनिन् ।

रुबीलाई धेरैले ‘एउटा मिर्गौला भएकी केटीसँग कसैले बिहे गर्दैन’ पनि भने । तर, त्यो कुराको उनले एकरत्ति पर्वाह गरिनन् । ‘मलाई सबैभन्दा पहिले आफ्नोे भाइको ज्यान बचाउनु थियो,’ उनले भनिन्, ‘त्यसैले मैले मानिसहरूका कुरा सुनिनँ । दीपावली भर्खरै सकिएको थियो । मैले दीपावली सकिएपछि भाइलाई मिर्गौला उपहार दिएँ ।’

उनको जि द्दीका अगाडि कसैको केही लागेन । उनले भाइलाई मिर्गौला दिएरै छाडिन् । ‘अ परे सन गर्दा मलाई अलिकति पनि ड र लागेन,’ उनले भनिन्, ‘मेरो ड र लाई भाइलाई नयाँ जीवन दिँदै छु भन्ने उत्साहले जित्यो ।’ रुबी सानैदेखि कसैको दु ख देख्न नसक्ने स्वभावकी थिइन् । ‘म वरपर भएका कसैको पनि दु ख देख्न सक्दिनथेँ,’ उनले भनिन्, ‘त्यसमाथि ऊ त मेरो भाइ थियो । म उसको दु ख झन् कसरी देख्न सक्थेँ ?’

आजभोलि रुबीका आमाबुबा नवाजलाई बारम्बार भन्छन्, ‘अरू छोरीलाई जे गरे पनि गर, तर हामी मरे पनि तैँले रुबीका आँखामा चाहिँ कहिल्यै आँ शु आउन नदिएस् । यसले तँलाई जीवनभरि तिर्न नसक्ने गुण लगाएकी छे । तेरो ज्यान बचा एकी छे ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले ‘एउटा किड्नीको के भर’ भन्दै अविवाहित महिलालाई समाजले बिहेका लागि अ स्वी कार गर्ने गरेको बताउँछन् । ‘त्यसैले महिलाको केसमा मिर्गौला प्रत्यारोपण गर्दा हामी सकेसम्म विवाहित र बच्चा पाइसकेको होस् भन्छौँ,’ उनी भन्छन्, ‘किनभने, अविवाहित महिलाहरू ‘भोलि बिहे नहोला, बच्चा नहोला’ भनेर डराउँछन् । तर, मिर्गौला प्रत्यारोपण गरेकामा पछि गएर बच्चा न हुने समस्या हुँदैन । लिने र दिने दुवैलाई यसले केही फरक पार्दैन ।’

‘अ र्धांगि नी’लाई एउटा अंग

आङनुरी शेर्पा, ५७, र दाकी शेर्पा, ५०, ले २७ वर्षअघि भागी बिहे गरेका थिए । त्यही बेला उनीहरूले कसम खाएका थिए– ‘बाँचे सँगै बाँच्ने, म रे सँगै मर्ने ।’
उनीहरूकी एक छोरी छिन् । सोलुखुम्बुको खुम्जुङमा उनीहरूको गेस्टहाउस छ । आठ वर्षदेखि उनीहरू त्यही गेस्टहाउस चलाउँदै आइरहेका छन् ।
वर्षदिनअघि दाकी बि रा मी परिन् ।

अनुहारमा काला दागहरू आउन थाले । श्रीमतीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आङनुरीले उनलाई काठमाडौँ लिएर आए । काठमाडौँ टिचिङ हस्पिटल आएर चेकजाँच गरेको केही समयमा नै उनको दुवै मिर्गौलाले काम नगर्ने थाहा भयो । ‘त्यो बेला म छाँगाबाट खसेजस्तै भएँ,’ आङनुरीले भने, ‘यो खबरले मेरो संसारै अँध्यारो र्पायो । एकदमै आत्तिएँ ।’

दाकीको उपचारका लागि दुइटा विकल्प थियो । पहिलो डायलाइसिस, दोस्रो मिर्गौला प्रत्यारोपण । डाक्टरहरूले मिर्गौला प्रत्यारोपण गरेपछि मानिस पहिलाको जस्तै स्वस्थ हुन्छ भनेपछि आङनुरीले सीधै भने ‘मेरी श्रीमतीलाई मै मिर्गौला दिन्छु ।’

 

‘मिर्गौला दिन्छु भनेर मात्र नहुने रहेछ,’ उनले सम्झिए, ‘मिर्गौला दिने र लिनेको रगतदेखि धेरै कुरा मिल्नुपर्ने रहेछ । मैले चेक गराउँदा जति–जति उसको र मेरो रिपोर्ट मिल्थ्यो, मलाई उति–उति खुशी लागेर आउँथ्यो ।’ उनीहरूको मन मात्रै मिलेन, मिर्गौला पनि मिल्यो । रिपोर्टले आङनुरी र दाकीको सबै कुरा मिलेको देखायो । गत पुस २३ गते उनले श्रीमतीलाई मिर्गौला दिए । हप्तादिन उनले आराम गरे । अहिले उनी श्रीमतीको कुरुवा बस्नेदेखि खानेकुराको टिफिन बोकेर श्रीमतीको हेरचाहमा चौबीसै घण्टा खटिन्छन् । उनी रिपोर्ट लिएर डाक्टरलाई देखाउन कुदिरहन्छन् । हेरचाहका लागि बेलाबेलामा आउने सिस्टर र डाक्टरहरू दाकीलाई भन्छन्, ‘तपाईं धेरै भाग्यमानी हुनुहुँदो रहेछ, अस्पतालको रेर्कडमा मिर्गौला दिने श्रीमान्हरू एकदमै कम छन् ।’

 

दाकीको मुखबाट श्रीमान्प्रति आभार व्यक्त गर्ने कुनै शब्द निस्कँदैनन् । यो विषयमा बोल्न खोज्दा उनी भक्कानिएर रुन्छिन् । आङनुरी पनि बेलाबेला भावुक भइरहन्छन् । नयाँ जीवन पाएको खुशीयालीमा दुवै एकअर्कालाई हेर्छन् र खुशीको आँशु झार्छन् ।

 

स्याङ्जाका बाबुराम पौडेलले ५९ वर्षमा आफ्नी श्रीमतीलाई मिर्गौला दिएर बचाए । एक वर्षसम्म उनकी श्रीमती सावित्री डायलाइसिस गर्दै बसिन् । केही सीप नलागेपछि उनीहरूले मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरे । उपचारका क्रममा उनीहरूले धेरै दुःख पाए, हन्डर खाए । ‘पैसा तिर्दा पनि समयमा डायलाइसिस गर्न पाइँदैनथ्यो,’ बाबुरामले भने, ‘उपचार गर्दा बाख्रापाठादेखि जग्गाजमिन सबै सकियो । तैपनि, मैले हार खाइनँ । उनलाई मिर्गौला दिएरै छाडेँ ।’

 

आफ्नै श्रीमतीलाई पनि श्रीमती हो भनेर प्रमाणित गरेर मिर्गौला दिन उनलाई महिनादिनभन्दा धेरै समय लाग्यो । श्रीमतीका लागि स्वास्थ्य मन्त्रालयदेखि धेरै ठाउँमा धाए उनी । धेरै ठाउँमा दौडधूप गरेर बाबुरामले सावित्रीलाई असोज २७ गते भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा गएर मिर्गौला दिए । ‘धर्मशास्त्रले श्रीमतीलाई अर्धांगिनी भन्छ,’ उनले भने, ‘अर्धांगिनी भनेको आधा अंग । मैले त उनलाई जम्मा एउटा अंग त दिएको हो नि । उनी एउटा पनि किड्नी नपाएर छटपटिने, म दुईदुईटा किड्नी बोकेर हिँड्ने ? यस्तो हुनु असम्भव थियो ।’

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको तथ्यांकअनुसार मिर्गौला दिने महिलाको संख्या धेरै भए पनि पुरुषको संख्या एकदमै कम छ । त्यहाँको मंसिरसम्मको तथ्यांकलाई हेर्ने हो भने अहिलेसम्म मिर्गौला लिनेमा पुरुष ७९ प्रतिशत छन् भने महिला जम्मा २१ प्रतिशत मात्र रहेका छन् । त्यस्तै दिनेमा ७२ प्रतिशत महिला र २८ प्रतिशत पुरुष रहेका छन् ।

महसुर महिला

इलामका इन्द्रबहादुर रानामगर, ४७, ले केही समयअघि आफ्ना छोरा रोशनलाई मिर्गौला दिए । २२ वर्षीय कलिलो छोराले अकालमा ज्यान नगुमाऊन् भनेर उनले यो निर्णय लिएका थिए ।

सुरुमा रोशनकी आमाले मिर्गौला दिने कुरा थियो । ‘मेरी श्रीमतीले ‘कमाएर ल्याउने तपाईंको मिर्गौला झिक्नुभन्दा घरमा भातभान्छा गरेर बस्ने मेरै मिर्गौला झिकेर छोरालाई दिन्छु’ भनेकी थिइन्,’ इन्द्रबहादुरले भने, ‘तर, चेकजाँच गर्दा उनको मिर्गौला छोरालाई दिन मिलेन । त्यसपछि म आफैँले छोरालाई मिर्गौला दिने भएँ ।’

रोशन न कहिल्यै ओछ्यान परे, न उनलाई यसअघि कुनै रोग नै लागेको थियो । ‘कहिलेकाहीँ टाउको दुख्थ्यो,’ रोशनले भने, ‘एक दिन सहनै नसक्ने गरी टाउको दुखेपछि जचाउन जाँदा ‘किड्नी फेल भएको छ’ भन्यो । नपत्याएर सिलिगुडीसम्म पुग्यौँ । धेरै ठाउँमा जचाउँदा पनि उही रिपोर्ट आएपछि मिर्गौला फेल भएको पक्का भयो ।’

मिर्गौला दिन तयार भइसकेका इन्द्रबहादुर तीन पटकसम्म अपरेसन थिएटरबाट फर्किए । ‘भित्र छिरेपछि डरले मुटु कामेर प्रेसर बढ्थ्यो,’ उनले भने, ‘प्रेसर बढेपछि अपरेसन गर्न नमिल्ने रहेछ । आफ्नो शरीरको अंग काटेर दिनेजस्तो कुरा सजिलो त कहाँ हुन्छ र ? मसँगै अपरेसनको पालो परेका एक जना भाइको त झन् सात–आठ चोटि मुटुको ढुकढुकी बढेर अपरेसन रोकिएको थियो । उनीहरू अहिले डायलाइसिस गराउँदै बसिरहेका छन् ।’

यो मामलामा पुरुषभन्दा महिला निकै महसुर हुने अनुभव इन्द्रबहादुरले गरे । ‘मसँगै अपरेसनमा तयारी गरिरहेका धेरै महिला थिए,’ उनले भने, ‘उनीहरू डराएर, मुटुको ढुकढुकी बढेर अपरेसन रोकिएको कहिल्यै सुनिएन । उनीहरूको एकैचोटिमा अपरेसन हुन्थ्यो ।’ अपरेसन गरेको तीन रात इन्द्रबहादुर घाउ दुखेर निदाउन सकेनन् । ‘एकातिर छोरो बाँचेकोमा खुशी थिएँ, अर्का्तिर आफ्नो ज्यान तलमाथि केही होला कि भन्ने डरले सताइरहन्थ्यो ।’

डा. ऋषिकुमार काफ्लेले मिर्गौला रोगी र उनीहरूको आफन्तको मनोविज्ञानलाई लामो समयदेखि नजिकबाट नियालेका छन् । ‘सबै मानिस मनकारी हुँदैनन्,’ उनी भन्छन्, ‘कोही परिवारभित्रकै मानिस पनि ‘म किड्नी दिँदै दिन्नँ’ भन्ने खालका पनि हुन्छन् । कतिले त मिर्गौला दिन नपरोस् भनेर ‘डाक्टर साप उसको र मेरो मिर्गौला मिलेन भनेर रिपोर्ट बनाइदिनुस् न’ पनि भन्छन् । ‘सद्दे ज्यानलाई चिरफार गरेर किन घाइते बनाउने’ भनेर जाने पनि छन् ।’

मिर्गौला दाताको संख्यालाई हेर्दा महिलाभन्दा पुरुष स्वार्थी भएको पाउँछन्, डा. काफ्ले । ‘महिलाको तुलनामा पुरुषहरू स्वार्थी देखिन्छन्,’ उनी भन्छन्, ‘पुरुषहरू पाए लिन्छन्, तर दिन खासै तयार हुँदैनन् । महिलाहरू जसलाई दिन परे पनि निःस्वार्थ भएर दिन्छन् ।’

यसलाई उनी पुरुषप्रधान समाजको उपज मान्छन् । ‘श्रीमान्ले ‘एउटी श्रीमती बिते पनि अर्की पाइहालिन्छ नि’ भन्ने सोच राख्छन्,’ उनी भन्छन्, ‘तर, महिलाले अर्को श्रीमान्बारे कल्पनासम्म गरेका हुँदैनन् ।’ उनीहरू जस्तोसुकै जोखिम उठाएर भए पनि मिर्गौला दिन तयार हुने उनी बताउँछन् । ‘कसैलाई केही रोगले गर्दा मिर्गौला झिक्न नमिल्ने हुन्छ,’ उनी भन्छन्, ‘तर, त्यस्तो बेलामा पनि ‘म मरेर केही हुँदैन, मेरो श्रीमान् बाँच्नुहुन्छ भने मेरो दुवै किड्नी झिकिदिनुस्’ भन्दै आउँछन् ।’

सन्तानलाई दोस्रो जन्म दिने आमाबाउ

सुनसरी, बराह क्षेत्रकी राधा अधिकारीले २४ वर्षअघि निकेशलाई जन्म दिएकी थिइन् । तिनै आमाले दुई महिनाअघि दुवै मिर्गौला फेल भएर जीवन÷मरणको दोसाँधमा रहेका छोरालाई आफ्नो मिर्गौला दिएर दोस्रो जन्म दिएकी छिन् । ‘आफ्नो छोरा फेरि म आफैँ जन्माउँछु भनेर किड्नी दिएँ,’ उनले भनिन्, ‘मेरो किड्नीले छोरो बाँच्यो । मैले बुढेसकालको सहारा पाएँ । एउटी आमाका लागि छोराछोरीभन्दा ठूलो अरू के हुन्छ र ?’

राधाले दुई वर्षअघि श्रीमान् गुमाइन् । ब्लड प्रेसर हाई भएर ढलेका उनका श्रीमान् अस्पताल नपुग्दै बिते । एक छोरा र एक छोरीको जिम्मेवारी उनको काँधमा आइर्पयो । बुबा बित्दा निकेश वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । विदेश गएको तीन महिना नबित्दै बुबा बितेको खबर सुनेपछि उनी नेपाल फर्किए । बुबा बितेको घाउ आलै थियो । त्यही आलो घाउमा फेरि अर्को घाउ थपियो । निकेशको दुवै मिर्गौला फेल भएको थाहा भयो । ‘म दिनभरि बर्बराउँदै हिँड्थेँ, रातभरि रुन्थेँ,’ राधाले भनिन्, ‘श्रीमान् र छोराको पिरले ६५ किलोको मान्छे ४२ किलोमा झरेँ । श्रीमान् बितेको छ महिना नबित्दै छोराको यस्तो खबरले मलाई नराम्रोसँग गलायो ।’

केही समय धरान र विराटनगरतिरको अस्पताल धाएपछि उनी काठमाडौँ आएकी थिइन् । काठमाडौँ उनका लागि बिलकुलै नौलो थियो । यहाँ पनि उनी थुप्रै अस्पताल चहारिन् । ‘जहाँ लगेर भए पनि छोरालाई बचाउँछु भन्ने संकल्प गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यति बेलासम्म मलाई मानव अंग प्रत्यारोपण केन्द्रबारे केही पनि थाहा थिएन । एक जना आफन्तले र्पुयाइदिनुभयो ।’ साढे दुई महिना डायलाइसिस चल्यो । उनीहरू काठमाडौँ, कपनमा डेरा गरेर बस्न थालेका थिए ।

एक दिन राधाले आफ्नो किड्नी छोरालाई दिएर बचाउन सकिने थाहा पाइन् । ‘यो कुरा थाहा पाउँदा म निकै खुशी भएँ,’ उनले भनिन्, ‘छोरा र मेरो रिपोर्ट मेल खायो, मैले आफूलाई संसारकै भाग्यमानी आमा सम्झिएँ ।’ अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने लाग्छ, राधालाई । ‘ढुंगा र मूर्ति पूजा गर्नु मात्र धर्म होइन,’ उनले भनिन्, ‘देउता त आत्मामा हुन्छन् । मैले त्यही सफा आत्माले छोरालाई मिर्गौला दिने निर्णय गरेकी थिएँ । आखिर एक दिन सबैले मरेरै जाने हो ।’

राधाले छोरा बाँचेको हर्षमा अपरेसनले दुखेको घाउको पीडा सबै बिर्सिसकिन् । ‘अपरेसन गर्दा पनि मलाई दुखेको अनुभव भएन,’ उनले भनिन्, ‘अब छोरा बाँच्छ भन्ने आशले धेरै खुशी थिएँ ।’

दुवै मिर्गौलाले काम गर्न छाडेको रिपोर्टले देखाएपछि निकेशले बाँच्ने आश मारिसकेका थिए । ‘मलाई दश मनमा एक मन पनि बाँचिन्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘ममीले मलाई नयाँ जन्म दिनुभयो ।’

अहिले उनीहरू भक्तपुर, सल्लाघारीमा डेरा गरेर बसिरहेका छन् । ‘अहिलेसम्म लगभग १० लाख रुपैयाँ खर्च भइसक्यो,’ राधाले भनिन्, ‘ऋणधन गरेर उपचार गराएँ । तीन महिनासम्म अस्पतालछेउछाउ बसेर उपचार गराउनुपर्छ भनेकाले अझै केही समय यतै बस्नुपर्छ ।’ उनीहरू सप्तकोशीका बाढीपीडित हुन् । ‘भएको साढे चार बिघा जग्गा पनि कोशीले बगायोे,’ उनले भनिन्, ‘ऋणधन गरेर भए पनि छोरालाई बचाएँ । ऊ नै अहिले मेरा लागि सर्वस्व हो ।’

रामेछापकी शुक्रानी तामाङले दुई वर्षअघि सुखद घिसिङसँग प्रेम विवाह गरिन् । बिहे गरेको वर्ष दिनमै उनलाई खुट्टा सुन्निने, आँखा कम देखिने हुन थाल्यो । आँखा जँचाउन उनीहरू तिलगंगा अस्पताल गए । त्यसपछि पनि ठीक नभएपछि उनीहरू काठमाडौँ मेडिकल कलेजमा जँचाउन गए । शुक्रानीलाई इमर्जेन्सीमा भर्ना गरियो । उपचारका क्रममा उनको मिर्गौलामा पानी जमेको थाहा भयो । त्यहाँबाट उनीहरू वीर अस्पताल गए । त्यहाँको रिपोर्टले शुक्रानीको दुवै किड्नी ९० प्रतिशत बिग्रिसकेको देखायो ।

उनीहरूसँग डायलाइसिस वा प्रत्यारोपण गर्ने दुइटा विकल्प थिए । मिर्गौला दिनका लागि शुक्रानीसँग उनका श्रीमान् सुखदको ब्लड गु्रपदेखि सबै कुरा मिल्यो । तर, जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका उनले शुक्रानीलाई मिर्गौला दिएनन् । बहानामा उनले शुक्रानीसँग भनेछन्, ‘दुवै जना रोगी भएर के गर्नु ? एक जना त कमाउने मान्छे पनि त चाहियो नि ।’

त्यो बहानाभित्र शुक्रानीले श्रीमान्ले नजानिँदो तरिकाले ‘किड्नी दिन्नँ’ भन्ने भाव रहेको बुझिन् । ‘मुखले माया गर्छु भन्नु र व्यवहारमा देखाउनु धेरै फरक पर्दो रहेछ,’ उनले ‘अन्नपूर्ण सम्पूर्ण’सँग भनिन्, ‘मायाको परीक्षा यतिखेर हुने रहेछ । कसले कति माया गर्छ, यस्तो बेला छर्लङ्ङै छुट्टिँदो रहेछ ।’ त्यसैले उनले सुखदलाई जोरजबर्जस्ती गरिनन् ।

छोरी बिरामी भएको थाहा पाएपछि भेट्न काठमाडौँ आएकी थिइन्, शुक्रानीकी आमा सरीता । छोरीको अवस्था देखेपछि उनले छोरीलाई मिर्गौला दिन्छु भनिन् । ‘मलाई म बाँच्नुभन्दा पनि छोरीलाई बचाउनुपर्छ भन्ने लाग्यो,’ सरीताले भनिन्, ‘छोराछोरीलाई आमाले साथ नदिए कसले दिने ? बिहे गरेर गए पनि आखिर ऊ मेरी छोरी हो ।’

अस्पताल बदलियो, रिपोर्ट बदलिएन

बानु खातुन,३५, र महम्मद उमर, ३६, सप्तरीका हुन् । महम्मद एक वर्षअघि ८५ केजीका थिए । बिस्तारै उनको वजन घट्दै गयो । ८५ केजीका उनी ३५–४० केजीमा झरे । उनी धेरै ठाउँका धामीझाँक्रीकहाँ पुगे । जडीबुटी औषधि कति खाए, कति ! केही सीप नलागेपछि अस्पताल गए । त्यहाँ उनले आफ्ना दुवै मिर्गौला बिग्रिसकेको थाहा पाए ।

‘‘मलार्ई केही भएको छैन’ भन्दै मैले धेरै डाक्टरहरूसँग झगडा पनि गरेँ,’ उनले भने, ‘एउटामा चेक गरेर चित्त नबुझेर धेरै अस्पताल चहारेँ । हो कि होइन भनेर जाँच गर्न पटनासम्म पनि पुगेँ ।’ रोग लागेको शंका मेटाउन मात्रै उनले लाखौँ रुपैयाँ खर्चिए । थुप्रै अस्पताल बदले । तर, उनको रिपोर्ट भने बदलिएन ।

‘रोगभन्दा धेरै पिर लिएर म ओछ्यान परेँ,’ उनले भने, ‘बाँच्छु भन्ने लाग्न छाडिसकेको थियो । तर, मलाई मेरी श्रीमतीले साथ दिइन् । श्रीमती हुँदिनथिन् भने सायद आज म यो संसारमा हुने थिइनँ ।’ पाँच महिनाअघि बानुले आफ्नो एउटा मिर्गौला महम्मदलाई दिइन् ।

बानुले श्रीमान् बिरामी हुँदा गाउँघरमा उनको उपचारका लागि चन्दा माग्दै हिँडिन् । उनीहरूका स–साना दुई छोरा र एक छोरीले पनि त्यसमा सघाए । बानुले मिर्गौला दिने निर्णय गर्दा महम्मदले भनेका थिए, ‘आफ्नो सद्दे ज्यानलाई नबिगार, दुःख नगर ।’ जवाफमा बानुले भनेकी थिइन्, ‘एउटा मात्रै होइन, तपाईं बाँच्नुहुन्छ भने म दुइटै मिर्गौला दिन तयार छु ।’ उनीहरू अहिले पनि बेलाबेला चेकअपका लागि काठमाडौँ आइरहन्छन् ।

पोखराकी रोजी गुरुङ, २४, ले छ महिनाअघि श्रीमान् विकास, ३३, लाई मिर्गौला मात्रै दिइनन्, उनलाई नयाँ जीवन पनि दिइन् । उनीहरू दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएका थिए । केही समयअघि विकास वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । उनी त्यहाँ सेक्युरिटी गार्डको काम गर्थेँ । त्यहीँ उनले आफ्नो मिर्गौलामा खराबी भएको थाहा पाइसकेका थिए । ‘रोजीले पिर गर्लिन् भनेर उनलाई चाहिँ भनेको थिइनँ,’ विकासले भने, ‘यहाँ आएपछि पोखराको एउटा अस्पतालमा उपचार गराउन खोज्दा काठमाडौँ जानू भन्यो ।’

मिर्गौला फेल भएको थाहा भयो । विकासको बाँच्ने आश मरिसकेको थियो । तर, एक दिन रोजीले विकासलाई आफ्नो मिर्गौला दिन्छु भनिन् । ‘उनले त्यसो भन्दा नै मैले नयाँ जिन्दगी पाएजस्तो लाग्यो,’ विकासले भने, ‘अहिले हामी दुवै जना स्वस्थ छौं ।’

त्यो घटनालाई अहिले दुवै जना एउटा नराम्रो सपना सम्झिएर बिर्सिने कोसिस गरिरहेका छन् । ‘रोजी विगतमा फर्किन चाहँदिनन्,’ विकासले भने, ‘म पनि उनलाई त्यो घटना सम्झाउन चाहन्नँ । अहिले हामी ती सबै कुरा बिर्सिएर नयाँ जीवन बाँचिरहेका छौँ । हाम्रो माया पहिलेभन्दा झन् बढेको छ ।’ रोजीलाई डेन्टिस्ट बन्ने ठूलो रहर थियो । रोजीको त्यही रहर पूरा गर्न विकासले अहिले एउटा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । रोजी डेन्टल साइन्स पढिरहेकी छिन् ।

‘मिर्गौला दिने मामिलामा पुरुष स्वार्थी छन्’

डा. ऋषिकुमार काफ्ले, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

मानिसको मिर्गौला एकैचोटि बिगिँ्रदैन । यसका विभिन्न चरण हुन्छन् । तेस्रो, चौथो र पाँचौँ स्टेजमा पुगेपछि मिर्गौला बिग्रिन्छ । पाचाँै स्टेजमा पुगेको मिर्गौलालाई कि फेर्नुपर्छ कि डायलाइसिस गर्नुपर्छ । मिर्गौला पूरै बिग्रिसकेको अवस्थामा डायलाइसिस गर्नुभन्दा प्रत्यारोपण गर्नु बेस हुन्छ । प्रत्यारोपणले मानिसलाई पहिलाकै अवस्थामा फर्काउन सक्छ ।

मिर्गौला बिग्रिनुअघि सामान्यतया खासै लक्षण देखिँदैनन् । तर, केहीमा पिसाब नहुने, खाना नरुच्ने, बान्ता आउने, जीउ चिलाउने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् । मिर्गौलाको रोग युरिक एसिड, सुगरजस्तो होइन । यसलाई घटाउन सकिँदैन । यो रोग लाग्नु भनेको वान वे पस्नुजस्तै हो । फेरि त्यही बाटो फर्किन मिल्दैन । यसको अन्त्य तीन चिजमा गएर हुन्छ । एक, मृत्यु । दुई, डायलासिस । तीन, मिर्गौला प्रत्यारोपण ।

अहिलेको समयमा बिग्रँदो जीवनशैली, प्रदूषण, विषादीयुक्त खानेकुरा, धूम्रपानको लतजस्ता कुराले यसमा भूमिका खेलेका हुन्छन् । फास्ट फुड पनि अर्को एउटा कारण हो । फास्ट फुडले मानिसलाई मिर्गौलामा समस्या पारेर संसारबाट पनि फास्ट बिदाइ गरिरहेको छ ।

अहिलेसम्मको कानुनमा ५० वटा नातेदारभित्र पर्नेले मिर्गौला दिन पाउँछन् । विभिन्न अपराध निम्तने कारणले गर्दा परिवार बाहिरका मानिसले दिन पाउँदैनन् । मिर्गौला दातालाई हेर्ने हो भने पुरुषको तुलनामा धेरै महिला छन् । महिलाको तुलनामा पुरुषहरू यो कुरामा स्वार्थी देखिन्छन् । पुरुषहरू पाए लिन्छन्, तर दिन खासै तयार हुँदैनन् । महिलाहरू जसलाई दिन परे पनि निःस्वार्थ भएर दिन तयार हुन्छन् । हाम्रो समाज पुरुषप्रधान भएको कारणले श्रीमान्हरू ‘एउटी श्रीमती बिते पनि अर्की पाइहालिन्छ नि’ भन्ने सोच राख्छन् ।

तर, महिला अर्को श्रीमान्बारे कल्पनासम्म गर्दैनन् । त्यसैले उनीहरू जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन् । ‘म मरेर केही हुँदैन, तर मेरो श्रीमान बाँच्नुहुन्छ भने मेरा दुवै किड्नी झिकिदिनुस्’ भन्दै आउने पनि छन् । कसैको केही रोग लागेर दिनै नमिल्ने हुन्छ । त्यस्तो बेलामा पनि ‘जसरी भए पनि दिनुस् न, डाक्टर साप’ भन्छन् । तर, परिवारका सदस्यले मिर्गौला दिन्छु भन्दैमा दिन पाइँदैन । ब्लड ग्रुपदेखि धेरै कुरा मेल खानुपर्छ । त्यस्तै सुगर, प्रेसरजस्ता रोगहरू नभएको स्वस्थ व्यक्ति हुनुपर्छ ।

मानिसहरूले मिर्गौला दान गर्नुका केही कारण छन् । प्रायः मानिसले सबैभन्दा ठूलो दान अंग दान हो भनेर बुझेका छन् । अंग दान गर्नु चार धाम जानु, सप्ताह–पुराण लगाउनु, पाठपूजा गर्नुभन्दा पनि ठूलो हो भन्ने उनीहरूलाई थाहा छ ।

जो मानिसले स्वेच्छाले, मनैदेखि मिर्गौला दिएका छन्, उनीहरू अन्य सामान्य मानिसभन्दा धेरै उमेर बाँचेको उदाहरण पनि छ । पहिलो, ऊ मिर्गौला दिनुभन्दा अगाडि एकदमै स्वस्थ व्यक्ति हो । किनभने, अस्वस्थ व्यक्तिको मिर्गौला अरूलाई दिन मिल्दैन । दोस्रो, मिर्गौला दान गरेपछि उसले आफ्नो स्वास्थ्यको पहिलाभन्दा बढी ध्यानमा राख्छ । स्वास्थ्यवद्र्धक खानेकुरा मात्र खान्छ । त्यसैले ऊ स्वस्थ हुन्छ । तेस्रो, ‘अरूलाई जीवन दिएँ, राम्रो काम गरेँ’ भन्ने खालको आत्मसन्तुष्टि दातालाई जीवनभर भइरहन्छ । त्यसकारण यस्ता व्यक्ति कतिपय अवस्थामा सामान्य व्यक्तिभन्दा पनि स्वस्थ हुन्छन् । अहिलेसम्म दाताहरू कोही पनि एउटा मिर्गौला भएर ‘म बिरामी परेँ, मलाई गाह्रो भयो’ भनेर आएका छैनन् । उनीहरू पहिलेजस्तै पूर्णतः स्वस्थ छन् ।

मिर्गौला दाताले पनि मिर्गौला लिनेले जस्तै आफ्नो जीवनशैलीलाई स्वस्थ राख्नुपर्छ । पानी प्रशस्त पिउने, दिनमा १० हजार पाइला हिँड्ने, कम्तीमा सात घण्टा अनिवार्य सुत्ने, स्वास्थ्यवद्र्धक खानेकुरा खाने, जाँ डर क्सी र चु रो ट को लतबाट टाढै बस्ने, पेनकिलर नखाने गर्नुपर्छ । वर्षको एकचोटि स्वास्थ्य जाँच गराउनुपर्छ ।

विकसित देशमा ‘बे्रन डेथ’ अर्थात् मस्तिष्क मृ त्यु भएकाले आफ्ना विभिन्न अंग दान गर्छन् । त्यस्ता व्यक्तिको मुटु, फोक्सो, कलेजो, आन्द्रा, मिर्गौलालगायत थुप्रै अंग काम लाग्छन् । त्यसले अरू धेरै मानिसलाई जीवन दिन्छ । हाम्रोमा यो अभ्यास एकदमै कम छ ।

बिस्तारै हाम्रो सामाजिक परिस्थिति परिवर्तन हुँदै छ । मानिसहरू बेफुेर्सद हुँदै छन् । धेरैका छोराछोरी विदेशिएका छन् । मानिसहरू परिवारको भन्दा बढी आफ्नै बारेमा सोच्न थालेका छन् । अहिले परिवारका सदस्य मिर्गौला दिन तयार भए पनि भविष्यमा उनीहरू तयार नहुन सक्छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु