'सायना प्रेस'को प्रभाबकारिता बढ्दो | NewsSudur

‘सायना प्रेस’को प्रभाबकारिता बढ्दो

[elfsight_social_share_buttons id="1"]
440 Views

पुष्कर थापा (सहयात्री)

सिन्धुली,८ माघ – महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सुई ‘सायना प्रेस’ अन्य गर्वनिरोधक साधन भन्दा प्रभाबकारी रहेको प्रयोगकर्ताहरुले बताएका छन ।

प्रयोगकर्ता स्वयं आफैले पनि यो साधन प्रयोग गर्न सकिने हुँदा गोपनियता रहने र अन्य साधनको तुलनामा यसको असर कम हुने भएकोले अन्य भन्दा यो बढी प्रभाबकारी रहेको कमलामाइ नगरपालिका वडा नम्बर –११ का महिला प्रयोगकर्ताले बताउनु भयो ।

मंगलबार स्वास्थ्य चौकी जरायोटारमा आयोजित स्वास्थ्य संस्थाबाट उपलब्ध परिवार नियोजन लगायत हालै संचालित गर्वनिरोधक अस्थायी साधन सुइ ‘सायना प्रेस’ सेवा सम्बन्धी सार्बजनिक सुनुवाइ कार्यक्रममा महिलाहरुले यस्तो बताउनु भएको हो ।

कमलामाइ नगरपालिका वडा नम्बर –१२ को सुनमाया रायले अन्य साधनको तुलनामा ‘सायना प्रेस’ प्रभाबकारी रहेको बताउनु भयो । केही महिना अगाडि मैले डिपो लगाएको थिए रायले भन्नु भयो, “त्यस्को २ दिनसम्म टाउको दुख्ने, जिउ लाटो हुने, रिंगटा लाग्ने समस्या भएको थियो तर अहिले सायना प्रेस प्रयोग गरेदेखी स्वास्थ्यमा त्यस्तो कुनै समस्या आएको छैन ।”

बिश्वका विभिन्न देशहरुमा गरिएको अध्ययनमा गर्भ निरोधक सुई ‘सायना प्रेस’ प्रभाबकारी रहेको पाइएको छ । नेपालमा शुरुवाती चरणमा दुई जिल्ला सिन्धुली र नवलपरासीका १४ वटा सरकारी स्वास्थ्य संस्थाहरुमा यो सुइ अध्ययनको लागि शुरु गरिएको छ ।

सिन्धुलीको कमलामाइ नगरपालिका र मरिण गाउँपालिकामा हाल यो सेवा शुरु गरिएको आयोजक संस्था आइपास नेपालले जनाएको छ । यो सेवा लिने कमलामाइ नगरपालिका को वडा नम्बर –११ मा मात्रै अहिले ७३ जना महिला रहेको स्वास्थ्य चौकी जरायोटारमा कार्यरत अ.हे.ब इन्दिरा पहाडिले बताउनु भयो । उहाँले गर्वनिरोधक साधन प्रयोग गर्न सल्लाह लिन आउने सेवाग्राहीको रोजाइ अन्यको तुलनामा बढी संख्यामा ‘सायना प्रेस’ हुने गरेको बताउनु भयो ।

मंगलबार आयोजित सार्बजनिक सुनुवाइमा स्वास्थ्य संस्थाबाट उपलब्ध परिवार नियोजन र ‘सायना प्रेस’ को सेवा सम्बन्धी जिज्ञासा सहभागिले राखेका थिए । स्वास्थ्य संस्थामा ‘सायना प्रेस’ को उपलब्धता, यसको प्रभाबकारिता तथा प्रयोग, संस्थाको भाबी लक्षका बारेमा आइपास नेपालका कार्यक्रम संयोजक डा. सुमन रावलले आफ्नो धारणा राख्दै सहभागिको जिज्ञासा समाधान गर्नु भयो ।

परिवार नियोजन र ’सायना प्रेस’ मात्रैको सवाल नउठाएर स्वास्थ्य संस्थाबाट निशुल्क पाइने ३६ प्रकारका औसधि, हरेक सार्बजनिक संस्थामा राखिने नागरिक बडापत्र, सुझाव तथा उजुरी पेटिका, महिला स्वास्थ्यस्वयंसेविकाले पाउदै आएको सेवा सुबिधाको समेत कार्यक्रमका सहभागिले जिज्ञासा राख्नु भएको थियो ।

जसमा नागरिक बडापत्रको आबस्यक्ता तथा महत्व, यसबाट सेवाग्राहीले लिने लाभको बारेमा र वडाको स्वास्थ्य अबस्था तथा ब्यबस्थापनको बारेमा वडा नम्बर –११ का अध्यक्ष रामबहादुर थिङ्गले प्रष्ट्याउनु भएको थियो ।

वडाका अध्यक्ष थिङ्गको संयोजकत्वमा आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रम बेलायत सरकार डिएफआइडीको आर्थिक सहयोग तथा नेपाल सरकारको नेतृत्वमा र आइपास नेपालको प्राबिधिक सहयोगमा संचालित रहेको संस्थाका कार्यक्रम अधिकृत अमुल श्रेष्ठले जानकारी दिनु भयो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु