इन्स्टाको त्यो मधहोस वातावरण (सुष्मा कार्कीले गाएको गीतको भिडियो सहित) | NewsSudur

इन्स्टाको त्यो मधहोस वातावरण (सुष्मा कार्कीले गाएको गीतको भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
319 Views

काठमाडौँको रात जब छिपिदैँ जान्छ, इन्स्टा लाउन्जमा चहलपहल शुरु हन थाल्छ । इन्स्टा लाउन्जको वातावरण बिल्कुलै फरक छ । दैनिक सप्तरंगी रंगहरुसँग इन्स्टा खेलिरहन्छ । आइतबार रातो, सोमबार पहेलोँ, मंगलबार नीलो र हरेक रात सप्तरंगी वातावरण बनाउन संचालकले बत्तिमा गज्जबकै पैसा खर्चिएका छन् । दिनभर काठमाडौँको धुवाधुलो र थकित ज्यान जब इन्स्टामा छिर्छ तब शरिरनै फुर्तिलो हुनपुग्छ । त्यो रंगिन रातमा लाइभ म्युजिकले झनै् वातावरणलाई तत्ताएको छ । यी सबै विशेषतालाई वर्णन गरिरहदा लाउन्जको विज्ञापन गरेजस्तो देखिएपनि पाँचजना युवाको लगनशिलता र मिहिनेतलाई यी शब्दको प्रयोग न्यायोचितनै हुन्छ । एउटै समूह उमेरका पाँच युवाले ९० लाख खर्चिएर आफू जस्ता युवाहरुको प्यास मेटाइरहनु सबैकालागि प्रेरणादायीकनै हो । आफू रम्ने उमेरमा अरुलाई रमाउने वातावरण सिर्जना गर्ने पाँच संचालकको प्रयास तारिफयोग्य नै छ ।

सेलिब्रेटि संचालकलाई सेलिब्रेटि ल्याउन खासै गारो हुदैँन । र्यापर प्रिन्स राज आफ्नो लाउन्जमा नयाँ नयाँ कलाकार ल्याइरहन्छन् । भर्खरै, ‘लै बरि लै’ बोलको गित गाएर चर्चामा आएका प्रिन्स अहिले लाउन्जमै व्यस्त देखिन्छन् । २९ वर्षिया राज, युवाले खोजिरहेको वातावरणसँग परिचित छन् । त्यसैले त उनले सुन्दर र मनोरम लाउन्जको संचालन गरेका छन् । सय जना अट्ने लाउन्जमा कुनै कमि हुन नदिन ¥यापर राज लागिपरेका छन् । राजले नायक शोभित बस्नेत, सलोन बस्नेत, प्रयांकस्टर निरोज श्रेष्ठ, कलाकार राजिव जंग बस्नेत, टिकटक क्विन सायलिन श्रेष्ठ, सन्जित श्रेष्ठ, सम्पदा बाँनिया, सपन श्रेष्ठ, छेवाङ लामालाई लाउन्जमा स्वागत गरिसके । उनी मख्ख पर्दै भन्छन्, ‘कलाकार ल्याउँदा ग्राहकहरु पनि खुशी हुन्छन् । कलाकारसँग नजिक बसेर रमाउने वातावरण इन्स्टा लाउन्जले दिएको छ ।’

काठमाडौँको मुटुमै रहेको मियामि लाउन्ज र बर्गर क्लबका एक संचालक हुन् निरोज श्रेष्ठ । नयाँ बानेश्वरमा युवाको जमातलाई तानिरहेका श्रेष्ठले अहिले शंकमुलको इन्स्टा लाउन्जमा युवालाई आकर्षित गर्न लागिपरेका छन् । लाउन्जमा युवा देखि बुढासम्म दोहोर्याएर आइरहेको देख्दा दुख कम महशुश भएको श्रेष्ठ बताउँछन् ।

इन्स्टाका अर्को संचालक हुन् २९ वर्षिया बिबेक ठकुरी । कोटेश्वर युवा संघको पुर्वअध्यक्ष ठकुरीले आफू बलियो भएमात्र राजनिति सफल हुन्छ भन्ने विचार पु¥याएका छन् । राजनितिमा पनि अग्रसर रहेका ठकुरी अहिले भने कसरी ग्राहकलाई चाहिएको सुविधा दिनेभन्नेमा केन्द्रित छन् । उनी भन्छन्, ‘रमाउन खोज्नेलाई रमणिय वातावरण दिनुपर्छ । कसैको समयलाई बर्बाद बनाउने छुट कोहिलाई पनि छैन ।’ इन्स्टा लाउन्जमा घन्किने म्युजिको साउन्ड सिस्टम लगायत हरेक पक्षलाई ग्राहकले मनपराइरहेकाले उनी सन्तुष्ट छन् ।
उमेरले २७ का जयन शाह अर्को संचालक हुन् । उनी पहिलो पटक व्यवसायमा लागेका छन् । युवाजमातसँग भिजिरहेकाले उनीहरुलाई चाहिएको सन्तुष्टि दिन शाह अग्रसर छन् । ग्राहकले इन्स्टाको प्रतिक्रिया सकारात्मक दिएकाले नयाँ व्यवसायमा रमाइरहेको शाहले बताए ।
अछाम जिल्लाको कमल बजार नगपालिकाका मेयरको २६ वर्षिया छोरा तकमान विष्ट पनि लाउन्जकै एक संचालक हुन् । यूएन पार्क भन्दा ५ सय मिटर अगाडी इन्स्टा लाउन्जमै भेटिएका विष्टले भने, ‘युवाकै समूहले यूवाकै लागि लाउन्ज खोलेको हुँदा उनीहरुले चाहेको सन्तुष्टि दिइरहेका छौँ ।’ हाल १५ प्रतिशत छुट रहेको लाउन्जमा युवाको जमात बाक्लिदैँ छ । भिआईपिकालागि छुट्टै ठाउँ राखेर संचालकले लाउन्जलाई थप सुरक्षित बनाएका छन् । तक्मान आफ्नो काममा सन्तुष्ट छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु