प्रदेश ३ को राजधानी हेटौंडा हुने पक्का | NewsSudur

प्रदेश ३ को राजधानी हेटौंडा हुने पक्का

[elfsight_social_share_buttons id="1"]
459 Views

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निश्चित भएको छ । शुक्रबार बिहान बसेको नेकपाको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो । यसअघि नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । सचिवालयको निर्णयानुसारनै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको छ ।

बैठकमा फरक मतहरु पनि आएको थियो । तर, तिनलाई सुरक्षित राखेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको एक संसदीय दलका नेताले न्युज सुदुरलाई जानकारी दिए । अब केहीबेरमै कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक बोलाउँछ र सोही बैठकमा नाम र राजधानीबारे निर्णय हुन्छ । प्रदेशसभाको बैठक आइतबार बस्ने सम्भावना छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु