नीकिताको लगानीमा फिल्म, रवि लामिछाने नायक ! | NewsSudur

नीकिताको लगानीमा फिल्म, रवि लामिछाने नायक !

[elfsight_social_share_buttons id="1"]
621 Views

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको पत्नी नीकिता पौडेलले फिल्म निर्माण गर्ने भएकि छिन् । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्याउने भएको छ । गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भएको हो ।
यसैबिच, समाजिक संजालमा रवि लामिछानेले फिल्म खेल्ने कुरा चर्चामा आएको छ । पत्नीको लगानीमा बन्ने फिल्ममा लामिछानेले नायकको भुमिका खेल्ने चर्चा बढ्दै गएको छ । तर, आधिकारीक रुपमा भने रविले उक्त कुरा स्विकारेका छैनन् । रविको ‘लिडर’ भन्ने शो संचालनमा आउन लागेकाले पनि फिल्ममा उनी खेल्ने अनिश्चित नै हो ।

चलचित्रमा नीकिता र विनोद सापकोटाकै लगानी रहनेछ भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताको रुपमा रहनेछन् । २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

फिल्म सांगीतिक प्रे‘म कथामा आधारित रहने छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु