सल्यानमा प्याब्सनद्धारा नगरप्रमुख र खलाडी सम्मानित | NewsSudur

सल्यानमा प्याब्सनद्धारा नगरप्रमुख र खलाडी सम्मानित

[elfsight_social_share_buttons id="1"]
306 Views

जिल्ला प्याब्सन सल्यानले २९ औँ स्थापना दिवसका अवसरमा नगरप्रमुख र खेलाडीलाई सम्मानित गरिएको छ । प्याब्सन सल्यानले शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीलाई सम्मान गरेको हो । त्यसैगरि, दुई दिनसम्म संचालित खेलकुद प्रतियोगिताका विजेतालाई नगरप्रमुखले सम्मान गरेका छन् । दुई दिनसम्म श्रीनगर स्थित मोडर्न तुल्सी बोर्डिंग स्कुल र भगवति सिनेमा हलमा संचालित विद्यालय स्तरिय खेलकुद प्रतियोगिताका विजेतालाई सल्यानको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
स्थापना दिवसको अवसरमा हाजिरी जबाफ, छात्राछात्र हिसाव दौड लगायतका खेलहरू विद्यार्थीमाझ खेलाईएको थियो । हाजिरी जवाफमा त्रीबेनी ज्ञान ज्योति लुहाम प्रथम, ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल बागचौर दोश्रो र लंगरिन रिभर इङ्लिश बोर्डिङ्ग स्कुल सल्लीबजार तेश्रो भएको थियो । त्यसैगरी हिसाव दौड प्रतियोगिता छात्र तर्फ ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुलका निशान शर्मा प्रथम, लङ्गरिन रिभर बोर्डिङ्ग स्कुलका देबानन्द रसाईली दोश्रो रसल्यानी मेरिगोल्ड बोर्डिङ्ग स्कुलका राजेश बुढाथोकी तेश्रो भएका थिए । छात्रा तर्फ एमएम एकेडेमीका अप्रेरणा केसी प्रथम, ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुलका प्रनिता गौतम दोश्रो र तुल्सी एकेडेमीका शाबित्रा पुन तेश्रो भएकि थिइन् । निबन्ध लेखन प्रतियोगिता छात्रातर्फ रबिन केसी ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल दोश्रो र तेस्रो स्थान विशाल गिरि मोडर्न तुल्सी भएका छन् । उनीहरुलाई नगरप्रमुख अधिकारीले सम्मान गरेका थिए ।

नगरप्रमुख अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष जित बहादुर भण्डारीको अध्यक्षता रहेको थियो । जिल्ला प्याब्सन सल्यानका प्रमुख सल्लाहकार पुर्ण बहादुर बस्नेत, प्याब्सन नेपालका केन्द्रिय सदस्य महेश देबकोटा, प्याब्सनका प्रदेस सदस्य बिरबहादुर बुढाथोकी, जिल्ला प्याब्सन सल्यानका कोषाध्यक्ष कमल वलि, ब्राईट पर्ल बोर्डिङ्ग स्कुलका प्रीन्सिपल हरिश चन्द्र अधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रममा सल्यानका विभिन्न विद्यालयका करिब एक हजार भन्दा बढि विद्यार्थी उपस्थित थिए । सल्लाहकार राजेन्द्र कुमार बोहोराको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव खिमराज डिसीले गरेका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु