पहिले र अहिलेको मनिषा कोइराला (१५ तस्बिरसहित) | NewsSudur

पहिले र अहिलेको मनिषा कोइराला (१५ तस्बिरसहित)

[elfsight_social_share_buttons id="1"]
3500 Views

मनिशा कोइराला नेपाली र भारतीयका लागि नौलो नाम होइन । बलिउड र कलिउड दुवैमा त’हल्का मच्चाउन सफल मनिशाको जिवनमा धेरै उतार’चढावहरु देखिए । वैशा’लु उमेरमा मनिशाको जिन्दगीनै रंगिन थियो । कुनै बेला उनी अभिनित चलचित्रले एकपिच्छे अर्को रेकर्ड तोडिरहेको थियो । बलिउडमा चम्किन सक्नु सानो तिनो कुरा थिएन । भारतमा कलाकार र क्रिकेट खेलाडीको जस्तो क्रेज अरु कुनैमा देखिदैँन । यस्तो देशमा मनिषाले चर्चाको शिखर चु’म्न सफल भएकि थिइन् । एउटा मानिसलाई चाहिने भौतिक सम्पत्ति उनीसँग थियो । तर, जिवन बित्दै जादाँ एकपिच्छे अर्को उतारचढावको सामना मनिषाले गर्नुपर्यो ।

क्यान्स’रको समेत सिकार भएकि मनिषाले आत्मबल र साहसका साथ उक्त रो’गको प्रतिकार गरिन् । जिवनमा भौतिक सम्पत्तिको कुनै कमि महशुस गर्नु नपरेको मनिषालाई भि’त्रि सन्तु’ष्टि पाउन भने मुश्किलनै पर्यो । वैवाहिक जिवन टिकन नसक्नुले पनि उनको प्रेम जिवनलाई स्पष्ट झल्काउँछ । बलिउडका स्टार सलमान खान, अनिल कपुर, आमिर खान, शाहरुख खान, सन्जय दत्त, ज्याकि सर्फ जस्ता हस्तिहरुसँग फिल्म खेलिसकेकि मनिषाले जिवनमा पाउनु केहि थिएन । तर, उनको जिवन यसरी एकाएक परिवर्तन भयो कि नाम र दाम दुवैले उनलाई साथ दिएन ।

९० को दशकमा मनिषाको चर्चा बेग्लै थियो । उनको चमकदमकले अक्सर चर्चा पाउँथ्यो । एक पछि अर्को हिट फिल्म र स्टारहरुसँग अभिनय गरेकि मनिषाको नाम अरु कलाकारसँग जोडिन नौलो थिएन । उनको अफे’यरको चर्चा त्यो बेला धेरैनै थियो । सौदागर फिलम्मा विवेक मुश्रानसँग अभिनय गर्दा मनिषाको मुश्रानसँगको सम्बन्ध चर्चामा आएको थियो । तर, मनिषाको प्रे’म सम्बन्ध भने लामो समय टिक्न सकेन । कलाकारसँग मात्र नभएर मनिषको राजदुतसँग पनि नाम जोडिएको थियो । इन्गेजमेन्ट गरेर अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीसँग मनिषा टाढिएकि थिइन् । २००२ सालमा इन्गेजमेन्ट भएको चर्चा भारतीय संचारमाध्यममा चर्चाको विषय बनेको थियो । फिल्ममा आक्र’मक शैलिमा प्रस्तुत हुने अर्को बलिउड स्टार हुन्, नाना पाटेकर । नाना र मनिषाको प्रेम सम्बन्धले पनि फिल्मी नगरीमा एक समय खुबै चर्चा पायो ।

अग्नी साक्षीमा नानासँग स्क्रिन शेयर गरेकी मनिषाको सम्बन्ध पनि नानासँग धेरै टिक्न सकेन । बिवाहित नाना पाटेकरसँग प्रेममा रहेकि मनिषाको केहिसमयमै सम्ब’न्ध बिच्छेद भयो । नानापछि मनिषाको नाम हुशेनसँग नजोडिएको पनि होइन् । उनीहरुको रहस्यमय सम्बन्ध पनि पहिलेको जस्तै भयो । सम्बन्ध धेरै समय टिक्न सकेन । राजदुत, कलाकार हुदैँ व्यपारीसँग पनि मनिषको प्रे’म सम्बन्ध बाहिरियो । सन् २००३ मा लन्डन गएकी मनिषाले नाइजेरियन व्यापारी सेसिलसँग नजिकिएको पत्रपत्रिकमा आएका थिए । उक्त समय नाइजेरियन व्यवसायीलाई भेट्न मनिषा लन्डननै पुग्ने गरेको समाचारहरु आएका थिए । त्यसपछि मनिषा अर्यान भाइद, प्रशान्त, सन्दीप चोट्वा, लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरसँग रोमान्स’ गर्न आइपुगिन् । तर, यी कुनैपनि सम्बन्धको ह्याप्पी इन्डिङ हुन पाएन ।


जिन्दगीको उतारचढावबिच बलिउडमा मनिषा अहिलेपनि देखिन्छिन् । उनले क्यान्सरबाट मुक्ति पाएपछि प्रस्थानम, सन्जु, डियर माया जस्ता फिल्ममा अभिनय गरिसकेकि छिन् । भलई, उनको सन्जु बाहेक अरु फिल्म खासै चल्न सकेन । मनिषाको जिवनमा अहिले व्यापक परिवर्तन आएको छ । वैशालु उमेरमा मोजमस्तीमा अमलनै देखिएकि मनिषा अहिले भने समाजसेवामा लागेकि छिन् । उनी आफूले पाएका ज्ञानहरु अरुलाई सिकाउँछिन् । उनीकहिले हेल्थ टिप्स बाढिरहेकी हुन्छिन्, कहिले गेरु’बस्त्र धारण गरेर धार्मिक अनुष्ठानमा सहभागी हुन्छिन् । क्यान्सरबाट तंग्रिएकि मनिषा स्वास्थ्य सम्बन्धि जानकारी दिन अलि बढि सक्रिय छिन् । उनी अरुलाई पनि स्वास्थ्यप्रति सचेत रहन सर्तक गराउँछिन् । स्वास्थ्यलाई धेरैनै प्राथमिकता दिएकि मनिषा अहिले हरेक कुरामा सजग छिन् । मा राखेको बताउँछिन् । त्यस्तै, आध्यात्मिक झुकाव पनि बढेको छ । २०१२ मा पाटेघरको क्यान्सरबाट पिडित बनेकि मनिषाले अहिले भने आफ्नो जिवनलाई सरल र खुशीयालीका साथ बिताइरहेकि छिन् ।

बलिउडमा लामो समयदेखि सक्रिय रहेकी नेपाली अभिनेत्री मनिशा कोइराला लेखिका पनि हुन् । कोइरालाले लेखेको पहिलो किताबको नाम ‘द बुक अफ अनटोल्ड स्टोरिज’ रहेको छ । मनिषाले आफ्नो जिन्दगिको उतारचढावलाई किताबमार्फत पश्केकि छिन् । मनिशाले आफ्नो उपचार अमेरिकामा गराएर क्यान्सरबाट मुक्त भएकी हुन् । सफल र असफ’ल दुवै पाटो भोगेकि छिन् । मनिषाको जिवन भोगाई धेरैकालागि प्रेरणादायक छ ।

दाम्पत्य जीवन टुटेर मनिषा अलग भइन् । दाम्पत्य जिवन टुट्यो, बलिउडमा शुन्य उपस्थिती, क्यान्सर सबै समस्याले मनिषालाई ढाक्यो । आकाशमा कालो बादल मडारिएजस्तै मनिषाको जिवनमा बादल लाग्यो । सफल जिन्दगी एकाएक यसरी मोडियो कि उक्त भोगाई धेरैकालागि जिवनमरण जस्तै हुनेथियो । तर, मनिषाले हात पछि पारिनन् । उनको दृश संकल्प र जिवन जिउने शैलिमा देखिएको परिवर्तनले आज मनिशाले पुनः जिवनको भरपुर मज्जा लिएकि छिन् ।

 

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु