पुर्वराजासँग झस्किए प्रचण्ड, मनौवैज्ञानिक दवाव दिएको आरोप | NewsSudur

पुर्वराजासँग झस्किए प्रचण्ड, मनौवैज्ञानिक दवाव दिएको आरोप

[elfsight_social_share_buttons id="1"]
573 Views

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहलाई अप्रत्यक्ष रुपमा शक्ति संकलन गरेको आरोप लगाएका छन् । उनले काठमाडौँमा शनिबार आयोजित अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभामा पुर्वराजाप्रति कटाक्ष गरेका हुन् । उनले पहिले गुमेको स्वर्ग फिर्ता लिन हिजोका राजा महाराजाहरू दश गुना बढी शक्ति लगाउँछन् रे क्या भन्दै ठट्यौली शैलिमा प्रस्तुत भए । उनले भने, ‘जनता जागिसकेपछि नपत्याउँदा नपत्याउँदै श्रीपेच पनि खोसेर फालिन्छ ।’

उनले पुर्वराजाले मनौवैज्ञानिक दवाव दिईरहेकोले सजग हुन आग्रह गरे । उनले भने, ‘परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी छ ।’ दुई पटक देशको प्रधानमन्त्रीसमेत बनेका प्रचण्डले आफूले चाहेको जति देशलाई गर्न नसकेको पनि बताए । उनले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन् । उनले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि बताए ।

उनले भने, ‘ मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ । तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन ।’
उनले आफूले देशकोलागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु