यति लामो समयपछि निर्मला पन्त प्रकरणमा गृहमन्त्रालयले उठायो यस्तो कदम ! | NewsSudur

यति लामो समयपछि निर्मला पन्त प्रकरणमा गृहमन्त्रालयले उठायो यस्तो कदम !

[elfsight_social_share_buttons id="1"]
214 Views

गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बला त्कारपछि ह त्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे । ‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्न जरुरी छैन, अनुसन्धान भइरहेको छ,’ प्रवक्ता सुवेदीले भने । गत वर्ष साउन १० गते पन्तको बला त्कारपछि ह त्या गरिएको थियो । साथीका घरबाट गृह कार्य गरेर घर फर्किरहेकी पन्तको अर्को दिन बला त्कारपछि ह त्या गरिएको अवस्थामा श व उखुबारीमा भेटिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई अनुसन्धानका लागि १५ दिनको समय दिइएको छ । ‘उनले एक हप्ता मात्रै भयो काम थालेको अब एक हप्तापछि आफ्नो प्रतिवेदन बुझाउनेछन्, समय पुगेन भने थप पनि हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राविधक रुपमा त्रुटी भए कहाँ कसरी भएको हो, त्यस बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन भनिएको छ ।’ यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

यो पनि पढ्नुहोस : दसैंमा देशभर ‘रुट पर्मिट’ खुला : ठूला मालवाहकलाई नारायणगढमा रोक

सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ ।

दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ ।

सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु