मुख्य आकर्षणमा ३५ किलाको खुकुरी – मूल्य १ लाख रुपैयाँ | NewsSudur

मुख्य आकर्षणमा ३५ किलाको खुकुरी – मूल्य १ लाख रुपैयाँ

[elfsight_social_share_buttons id="1"]
117 Views

गुल्मी । माघे संक्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रिडीमा आयोजना गरिएको मेलामा राखिएको ३५ किलोको खुकुरीले धेरैको ध्यान तानेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले ८ दिन लगाएर बनाएको ३५ किलाको खुकुरी मेलामा बेच्नका लागि राखिएको छ । उक्त खुकुरीको मूल्य श्रीपालीले १ लाख रुपैयाँ राखेका छन् । यो खुकुरी अत्यन्तै कलात्मक तथा अस्कर्षक रुपमा बनाइएको छ । यो खुकुरी नेपालकै सबैभन्दा ठूलो रहेको श्रीपालीको दाबी छ । रिडीमा माघे संक्रान्तिदेखि सुरु भएको मेला पाँच दिनसम्म चल्नेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु