फेरी काठमाडौं आएर कमला घिमिरेले "मेरी बास्सै"मा दोहोरी खेलिन् ! कमलालाई कमाई खाने भाँडो बनाएको आरोपपछि अमृत सापकोटाले यस्तो भने (भिडियो हेर्नुस) | NewsSudur

फेरी काठमाडौं आएर कमला घिमिरेले “मेरी बास्सै”मा दोहोरी खेलिन् ! कमलालाई कमाई खाने भाँडो बनाएको आरोपपछि अमृत सापकोटाले यस्तो भने (भिडियो हेर्नुस)

[elfsight_social_share_buttons id="1"]
351 Views

धादिंगको सांकोषमा भएको एक तीज कार्यक्रममा ११ बर्षे कमलाले रहर गर्दै आफ्नै गाउंका दाई अमृत सापकोटासंग म पनि दोहोरी गाउंछु भन्दै गलबन्दी भाकामा रमाईला टुक्काहरु प्रयोग गर्दै दोहोरी भिडिन् । उक्त भिडियोलाई मोबाईलले खिचेर अमृतले आफ्नो युटुब च्यानलमा राखे । पछि फेसबुकमा कमलाको उक्त भिडियो यसरी भाईरल भयो कि अमृतले पनि सोचेका थिएनन् त्यसो होला भनेर । अहिलेसम्म यो सानो उमेरमा यस्तो कला बोकेकी नानीलाई नदेखेका सारा नेपालीले उनको कलाको सम्मान गर्दै भिडियोलाई सक्दो शेयर गरे । पछि उनको घरसम्मै बिभिन्न युटुब च्यानलका साथीहरु पुगे । भाईरल भईसकेकी कमलालाई अझै चर्चामा ल्यायन ती भिडियोहरुमा उनले गाएको अरु थप दोहोरीका भाकाहरुले सहयोग पुर्यायो ।

६ कक्षामा पढ्दै गरेकी कमलाको घर धादिंगबेशीबाट २० मिनेटको गाडीमा यात्रा गरेपछि पुगिन्छ । हामी पनि उनको घर खोज्दै त्यहां पुग्यौं । उनको घरमा आमा, बुवा र सानो भाई रहेछन् । उनको दाई भने सानै उमेरमा पढाई छोडेर गाडी लाईनमा हिड्न थाले । आमालाई जेठो छोराको चिन्ता सधैं भैरहन्छ, उनले हामी संगको कुराकानीमा बताईन् । यसैबिच इन्द्रेणीमा पुगेर झनै चर्चा कमाएकी कमलाले मेरी बास्सैमा पनि अभिनय गरेकी छिन् । मेरी बास्सैमा उनले फेरी कडा दोहोरी गाईन् । यसैबिच कमलालाई प्रयोग गरेर पैसा कमाएको आरोप लागेको छ । भिडियो हेर्नुस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु