'पब्जी मोबाइल लाइट' लन्च भयो, कम क्षमताका फोनमा पनि चल्ने | NewsSudur

‘पब्जी मोबाइल लाइट’ लन्च भयो, कम क्षमताका फोनमा पनि चल्ने

[elfsight_social_share_buttons id="1"]
304 Views

विश्व चर्चित अनलाईन गेम ‘पब्जी’को लाइट भर्सन भारतमा लन्च भएको छ। यसको नाम ‘पब्जी मोबाइल लाइट’ रहेको छ।यो एन्ड्रोइडको एप स्टोर गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ। पब्जी ठूलो र्याम भएका मोबाइल फोनमा मात्र चल्ने गर्दथ्यो। अबभने कम र्याम भएका फोनमा पनि पब्जी चल्ने जनाइएको छ।पब्जी मोबाइल लाइमा छोटा नक्सा छन्। जहाँ ६० खेलाडीले खेल्न सक्छन्। यसको इन्स्टलेसन प्याक ४०० एमबी रहेको जनाइएको छ। यो २ जीबी र्याम भएका मोबाइलमा पनि चल्नेछ।लाइट भर्सन प्राय सबै एन्ड्रोइडमा सजिलै चल्ने जनाइएको छ। अहिले भारतमा मात्र यो एप डाउनलोड गर्न सकिनेछ। विस्तारै यस सुविधा अन्य देशलाई पनि प्रदान गरिनेछ।

सोनीले ल्यायो टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर!
जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर एसी निर्माण गरेको छ।यसको नाम ‘रियोन पकेट’ राखिएको छ। यस एसी मोबाइल फोनभन्दा हलुका हुने जनाइएको छ।यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ। यसलाई ब्लुतुथमार्फत् स्मार्टफोनसँग जोड्न सकिने जनाइएको छ।सोनीका अनुसार दुईघन्टा चार्जगर्दा यो ९० संचालनमा अनउनेछ।

यस एसी किन्दा सोनीले विशेष टिसर्टसमेत दिनेछ। सोही टिसर्टमा एसी राख्न मिल्छ।टिसर्टसहित यसको मूल्य १८ हजार ८० यन तोकिएको छ। एसीमात्र चाँही ९ हजार यनमा यसलाई खरिद गर्न सकिनेछ।यस एसीले गर्मीमा हिँड्न मदत गर्नेछ। पसीना आउन नदिने जनाइएको छ।विश्वमा यतिबेला जलवायु परिवर्तनले तापक्रम बढ्दो छ। तापक्रम र बढ्दो गर्मीमा यसले मानिसलाई सुविधा दिने अनुमान गरिएको छ। बिजनेस टुडे


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु