अत्यधिक चिसोका कारण एकको मृत्यु | NewsSudur

अत्यधिक चिसोका कारण एकको मृत्यु

[elfsight_social_share_buttons id="1"]
166 Views

इनरुवा, २ माघ : सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु