नेपाल प्रहरीको जागिर त्यागेर यौनधन्दा, २ यौनकर्मी सहित प्रहरीको फन्दामा | NewsSudur

नेपाल प्रहरीको जागिर त्यागेर यौनधन्दा, २ यौनकर्मी सहित प्रहरीको फन्दामा

[elfsight_social_share_buttons id="1"]
166 Views

काठमाडौं । काठमाडौंको कालिमाटी यौनधन्दाको व्यावसाय गर्दै आएका एक ब्यबसायी पक्राउ परेका छन् । नेपाल प्रहरीको जागिर छाडेर कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर बिकलाई प्रहरीले सुक्रबार पक्राउ गरेको हो। विकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले अन्य दुई महिलालाई सहित उनकै रेस्टुरेन्टबाट पक्राउ गरेको छ । बिगत लामो समय देखी दुई महिलालाई राखेर बिकले बेश्यावृत्तिमा लगाउँदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीले बताएको छ । बिकले भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट कालिमाटीको काठमाडौं इन्जिनियरीड कलेज अगाडि चलाउदै आएका छन् । पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । पक्राउ परेका बिक पूर्व प्रहरी हुन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु