सुदुरपश्चिम लगायतका क्षेत्रमा बिशु पर्व धुमधामका साथ मनाइँदै | NewsSudur

सुदुरपश्चिम लगायतका क्षेत्रमा बिशु पर्व धुमधामका साथ मनाइँदै

[elfsight_social_share_buttons id="1"]
594 Views

२०७६ बैशाख १ गते ,
सुदुरपश्चिम क्षेत्रमा विशेष गरेर आज बिशु पर्व धुमधामका साथ मनाइँदैछ ।

वैशाख १ गते मनाइने विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वको रमाइलो पक्ष देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्नु हो ।

फाईल फोटो

देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहीआएको छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । बिशुकै दिन कुलदेवताको पूजा गरी स्थानिय परिकार गतानी डुब्का पकाएर खाने चलन समेत रहेकोछ ।
हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु