धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाका सडक टेन्डरको तयारीमा | NewsSudur

धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाका सडक टेन्डरको तयारीमा

[elfsight_social_share_buttons id="1"]
338 Views

चैत्र २६ , धनगढी
न्युज सुदुर संम्वादाता

एकीकृत फोहर मैला व्यवस्थापन केन्द्रको टुङ्गो नलागेरै धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाका सडकहरू अगाडी बढ्ने भएका छन् । यस अघि आयोजनाले एकीकृत फोहर मैला व्यवस्थापन केन्द्रको टुङ्गो नलाग्दासम्म अरू काम अगाडी नबढाउन निर्देशन दिएको थियो । तर उपमहानगरपालिकाको पहलमा सडकको काम अगाडी बढाउने सहमति भएपछि अब १०. २५ किलोमिटर सडक पहिलोचरणमा विस्तार हुने गरी टेन्डरको तयारी गरिएको छ ।
धनगढी उपमहानगरपालिका र नेपाल सरकारबिच एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको टुङ्गो नलागेरै सडकको काम अगाडी बढाउने सहमति भएको छ । यस अघि एसियाली विकास बैङ्कले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको टुङ्गो नलाग्नेसम्म काम अगाडी नबढाउन निर्देशन दिएको थियो ।
अब भने २ हप्ता भित्रै १०.२५ किलोमिटर लम्बाइका ५ वटा शाखा सडक, धनगढीको मुख्य सडक र चटकपुर–क्याम्पस रोड सकरको टेण्टर निकाल्ने धनगढीm उपमहानगरपालिकाका मेयर नृप वडले बताउनु भयो । पहिलोचरणमा निर्माण हुने सडक भित्र ७७ वटा स्थायी संरचनाहरू परेका छन् । नगरवासीले सडक बनाउन सहमति जनाइसकेको जानकारी गारएके हुँदा जतिसक्दो चाँडै संरचना हटाएर सहयोग गरिदिन उहाँले नगरवासिलाई आग्रह समेत गर्नु भएको छ । एकीकृत फोहर मैला व्यवस्थापन केन्द्रका लागि भने अहिलेपनि एक नम्बरमै राख्ने पहल भइरहेको छ । सम्भव नभए विकल्पसमेत हेरीसकको मेयरको भनाइ छ ।
उक्त परियोजना अन्र्तगत धनगढी उपमहानगरपालिकाका लागि ३ अर्ब १९ करोड बजेट छ । त्यस मध्य १ अर्ब २६ करोड सडक, ६० करोड एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, दिशाजन्य पदार्थ प्रशोधन केन्द्रका लागि ४५ करोड र जग्गा खरिदका लागि ३० करोड छुट्ट्याइएको छ । यस अघि धनगढीमा ४२ किलोमिटर सडक विस्तार गर्ने भनिएको थियो । तर सडक आयोजनाका लागि रहेको १ अर्ब २६ करोडको लागतमा १० किलोमिटर मात्रै सडक बन्ने अवस्था रहेकाले बाकी सडकहरू दोस्रोचरणमा जाने आयोजनाका उप–व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बताउनु भयो ।
पहिलोचरणमा विस्तार हुने सडकमा सबेभन्दा लामो ३.६५ किलोमिटरको चटकपुर–क्याप्मस रोड सडक रहेको छ । त्यसपछि २.०७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको धनगढीको मुख्य सडक, १.१५ किलोमिटरको हसनपुर सडक छ । त्यस्तै पहलिोचरणमानै क्याम्पस गेट–जाखौरताल, मालपोत सडक, ०.८७ किलोमिटरको धनगढी खुटिया सडक पनि पहिलोचरणमानै विस्तार हुने भएका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु