शिक्षक, समाज र क्रान्ति – ओशो | NewsSudur

शिक्षक, समाज र क्रान्ति – ओशो

[elfsight_social_share_buttons id="1"]
597 Views

शिक्षक र समाजको सम्बन्धमा थोरै कुरा जो मैले देखेको छु त्यो म तपाईंसित गर्दछु । सायद जुन तरिकाले तपाईं सोच्दै आउनु भएको छ त्योसित मेरो कुराको कुनै मेल नहोस् । यो पनि हुन सक्छ कि शिक्षाशास्त्रले जुन तरिकाले कुरा गर्दछ, ती कुराहरुसित मेरो विरोध पनि हुन सक्छ । न म कुनै शिक्षाशास्त्री हुँ र न समाजशास्त्री नै । यसैले सौभाग्य हो कि शिक्षा र समाजको सम्बन्धमा थोरै केही महङ्खवपूर्ण कुरा भन्न सक्दछु । किनकि जो शास्त्रसँग बाँच्छन् तिनको चिन्तन समाप्त भएर जान्छ । जुन शिक्षाशास्त्री छन्, उनीहरुबाट शिक्षाको सम्बन्धमा कुनै सत्य प्रकट होला, यसको संभावना अब करिबकरिब समाप्त भएको मान्नु पर्दछ । किनकि पाँचहजार वर्षदेखि उनीहरु चिन्तन गरिरहेका छन्, तर शिक्षाको जुन स्थिति छ, शिक्षाको जुन ढाँचा छ, त्यो शिक्षाबाट पैदा हुनेवाला मनुष्यको जुन रुपरेखा छ, त्यो यति गलत छ, यति अस्वस्थ छ, यति भ्रान्त छ कि यो स्वभाविक हो कि शिक्षाशास्त्रीहरुदेखि नै निराशा पैदा होस् ।

समाजशास्त्र पनि जसले समाजको बारेमा चिन्तन गर्दछ त्यो पनि अत्यन्त रुग्ण र अस्वस्थ छ । अन्यथा मनुष्य जाति उसको जीवन, उसको विचार बहुत अलग खालको र अन्य किसिमकै हुन सक्थ्यो । म यी दुइटैमा केही पनि होइन यसैले यो कुरा संभव छ कि तपाईंसित भन्न सकूँ जो सीधासीधा समस्याहरुलाई देखेर पैदा भएको हुन्छ ।
जुन मानिसको लागि शास्त्र महङ्खवपूर्ण हुन जान्छ ती मानिसको लागि समाधान महङ्खवपूर्ण हुन जान्छ र समस्याहरु कम महङ्खवका हुन जान्छन् । यसैकारण शिक्षाशास्त्रको बारेमा केही थाहा छैन, यसैले म सीधै समस्याहरुमाथि तपाईंहरुसित कुरा गर्न चाहन्छु ।
सबैभन्दा पहिलो कुरा अनि जुन आधारमाथि तपाईंहरुसित अगाडि कुरा गरुँ, त्यो यो हो कि शिक्षक र समाजको सम्बन्ध अहिलेसम्म अत्यन्त खराब सिद्ध भएको छ । शिक्षक र समाजको बीचमा आजसम्मको सम्बन्ध के हो ? सम्बन्ध यो हो कि शिक्षक गुलाम छ र समाज मालिकको रुपमा रहेको छ । शिक्षकसँग समाजले आफ्नो काम कसरी लिन्छ ? शिक्षकसँग समाजले काम यसरी लिन्छ कि उसका पुराना ईष्र्याहरु, उसका पुराना द्वेषहरु, उसका पुराना विचारहरु, त्यो सबै जुन हजारौं वर्षदेखि मनुष्यको मनबाट शिक्षकले नयाँ बच्चाको मनमा प्रविष्ट गरिदेओस् । मरिसकेका मानिसले, मरेर जानेवाला मानिसले जुन नासो छोडेका छन्, चाहे त्यो ठीक होस् या गलत त्यसलाई नयाँ बच्चाहरुको मनमा प्रवेश गराइदेओस् । समाजले शिक्षकसँग यही काम गराइरहेको छ । अनि शिक्षकले पनि यही काम गरिरहेको छ, यही आश्चर्यको कुरा छ । यसको अर्थ यो भएको छ कि शिक्षकमाथि बहुत ठूलो लाञ्छना लागेको छ । बहुत ठूलो लाञ्छना यो हो कि हर शताब्दी जुन रोगहरुबाट पीडित हुन्छ, त्यस रोगलाई शिक्षकले आउनेवाला शताब्दीमा पनि संक्रमित गराइदिन्छ, जुन समाजले चाहेको हुन्छ । यो यसकारणले चाहन्छ कि समाजको ढाँचा, समाजको ढाँचासित जोडिएको स्वार्थ, समाजको ढाँचासित जाडिएको अन्धविश्वास, यो पनि मर्न चाहँदैन । यो पनि समाजमा रहन चाहन्छ ।

यसकारण समाजले शिक्षकको आदर पनि गर्दछ । आदर गर्ने प्रवृत्ति पनि देखाउँछ । किनकि शिक्षकलाई सु–सम्मान नगरीकन, शिक्षकलाई आदर नदिइकन शिक्षकबाट कुनै काम लिन असंभव हुन जान्छ । त्यसैले भनिन्छ कि शिक्षक जो हो ऊ गुरु हो, ऊ आदरणीय हुन्छ, ऊ सम्मान गर्न योग्य हुन्छ । किन ? किनकि जुन समाजले आफ्ना बच्चाहरुमा आफ्नो मनका सारा धारणाहरुलाई छोडेर जान चाहन्छ, यो कुरा सिवाय अरु कुनै मार्ग हुँदैन । जसरी हिन्दु बाबुले आफ्नो छोरोलाई पनि हिन्दु बनाएरै मर्न चाहन्छ, मुसलमान बाबुले आफ्नो छोरालाई मुसलमान बनाएरै मर्न चाहन्छ । हिन्दु बाबुको मुसलमानसँग जुन झगडा थियो, त्यो पनि आफ्नो बच्चालाई दिन नै चाहन्छ । यो चीज कसले दिन्छ होला ? यो चीजलाई कसले संक्रमित गर्छ होला ? यो शिक्षकले नै गर्नेछ । पुरानो पींढीको जुनजुन अन्द्यश्रद्धाहरु छन तिनलाई पुरानो पींढीले नयाँ पींढीमा थोपर्न चाहन्छ । आफ्नो शास्त्र, आफ्नो गुरु सबै थोपर्न चाहन्छ । यो काम कसले गर्ला ? . . .. . . . भने यो काम उही शिक्षकले लिन्छ । अनि यसको परिणाम के होला ?

यसको परिणाम यो हुन्छ कि दुनियाँमा भौतिक समृद्धि त विकसित भएर जान्छ तर मानसिक शक्ति विकसित भइरहेको हुँदैन । मानसिक शाक्ति विकसित हुनै सक्दैन जबसम्म हामी अतीतको भार र विचारबाट बच्चाहरुलाई मुक्त गराउन सक्दैनौं । एउटा सानो बच्चाको मस्तिष्कमाथि पाँचदश हजार वर्षका संस्कारहरुको भार हुन्छ । त्यो भार मुनि उसको प्राण दबिएको हुन्छ । त्यस भारमा उसको चेतनाको ज्योति, उसको स्वयम्को व्यक्तिङ्खवमाथि उठ्न असंभव हुन्छ ।

त दुनियाँँमा भौतिक समृद्धि बढ्दछ, किनकि भौतिक समृद्धिलाई जहाँ हाम्रा आमाबाबुले छोडेका छन् । त्यसले बच्चालाई अगाडि नै लैजान्छ । तर मानसिक समृद्धि भने बढेको हुँदैन किनकि मानसिक समृद्धिको हकमा हामी आफ्ना बाबु–आमाभन्दा अगाडि जानको तयारी हुँदैन । तपाईंको बुबाले जुन घर बनाउनु भएको थियो, केटाले त्यसलाई अरु दुईतला थप्नुमा संकोच अनुभव गर्दैन, बरु खुशी नै हुन्छ । अनि बाबु पनि खुशी नै हुन्छ कि उसको छोराले उसको घरमा दुईतला थप्यो, तीन तला थप्यो । तर महावीर, बुद्ध, राम र कृष्णले जुुन नासो छोडेका छन्, तिनलाई मान्नेवाला यस कुराले बडो मुश्किलमा पर्नेछन् कि कुन व्यक्तिले गीताभन्दा अगाडि गएर विचार ग¥यो, कि गीताको एकतले झुपडीलाई दुईतले बिल्डिङ बनाइदियो । होइन, मनको तलमा जुन घर बाबुले छोडेको छ, त्यसैको भित्र नै रही रहनु जरुरी छ । त्यसभन्दा ठूलो घर बनाउनै सकिंदैन । अनि यसै कुरामा हजारौं वर्षदेखि चेष्टा चलिरहेको छ कि कुनै पनि बच्चा बाबुभन्दा अगाडि नजाओस् ।

यसका केही तरिकाहरु छन्, केही व्यबस्थाहरु छन् । यसैले दुनियाँँमा भौतिक समृद्धि बढ्छ । तर मानसिक दीनता बढ्दै जान्छ । जब मन सानो अनि भौतिक समृद्धि ज्यादा हुन्छ भने खतरा पैदा हुन्छ । जुन तरिकाले हामी भौतिक जगत्मा आफ्ना आमा–बाबुभन्दा अगाडि बढ्छौं, जरुरी हुन्छ कि बच्चाले मानसिक तथा अध्यात्मिक विकासमा पनि आफ्ना आमा–बाबुलाई पछाडि छोडिदेओस् । यसमा आमा–बाबुको अपमान होइन बरु सम्मान हुन्छ । ठीकठीक पिता त्यही हो, ठीकठीक पिताको प्रेम त्यही नै हो कि उसका बच्चाहरु हरदृष्टिले उसलाई पछाडि छोड्न सकून ।….. हरदृष्टिले उसलाई पछाडि छोडिदिउन् । तर यदि कुनै पनि शर्तमा बाबुको यो इच्छा हुन्छ कि बच्चा आफूभन्दा अगाडि नजाओस् । तब यो इच्छा खतरनाक हुन्छ । अनि शिक्षक अहिलेसम्म उनीहरुको सहयोगी बन्दै आयो । अहिलेसम्म सहयोग गरिरहेको छ । यसमा हामी अपमान सम्झिरहेका छौं कि यदि हामी कृष्णभन्दा अगाडि बढेर विचार गरौं या महावीरभन्दा अगाडि बढेर विचार गरौं या मोहम्मदभन्दा अगाडि गएर विचार–गरौं यसमा मोहम्मदको अपमान हुन्छ, महावीरको अपमान हुन्छ, कति ठूलो पागलपनको भूतसवार भएको छ । यसैकारण सारा शिक्षा अतीत उन्मुख छ, जब कि शिक्षा भविष्य उन्मुख हुनुपथ्र्यो । विकासशील कुनै पनि सृजनात्मक प्रक्रिया भविष्यको नजिक जान उत्सुक हुन्छ, अतीततिर होइन ।

हाम्रा सारा शिक्षा अतीत उन्मुख हुन उत्सुक छ । हाम्रा सारा सिद्धान्त, हाम्रा सारा आदर्श अतीतबाट लिएका छौं । अतीतको मतलब हुन्छ जुन मरिसक्यो, जो बितिसक्यो । हजारहजार वर्षको समय जुन बितिसकेको छ, ती सारा धारणाहरु हामी त्यस बच्चाको मनमा थोपर्न चाहन्छौं । केबल थोपर्न मात्र चाहँदैनौं बरु त्यसैलाई बच्चाको लागि आदर्श चीज भानिदिन्छौं । र, ती धारणाहरुको अनुकूल आफूलाई सिद्ध गरिदिन्छौं । यो काम कसले गरिरहेको छ ? यो काम शिक्षकबाट लिइएको छ । र, यस तरिकाले शिक्षकहरुको शोषण समाजका ठेकदारहरुले पनि गरिरहेका छन्, धर्मका ठेकेदारले पनि गरेका छन् र राज्यका ठेकेदारले पनि गरेका छन् । अनि शिक्षकलाई यो कुरामा भुल्याइदिएका छन् कि यो ज्ञानको प्रसारक हो ।
ऊ ज्ञान प्रसारक होइन । उसको जुन स्थिति छ त्यो त्यस ज्ञानलाई स्थापित तथा स्थायित्व राख्ने वालाको रुपमा छ, जुन कुरा उत्पन्न भइसकेको छ अनि जुन कुरा हुन सक्छ त्यसमा बाधा दिनेवाला हो । उसले सदा अतीतको किनारदेखि बाहिर उठ्न दिन चाहँदैन । अनि यसको परिणाम यो हुन्छ कि हजारहजार सालसम्म थाहा छैन कुन कुन प्रकारका नासमझहरु, थाहा छैन कुन कुन प्रकारका अज्ञानहरु चल्दै रहन्छन् । त्यसलाई मर्न दिइँदैन, त्यसलाई मर्नको लागि मौका पनि दिइँदैन । राजनीतिज्ञले पनि यो कुरा सम्झेका छन्, यसकारण शिक्षकहरुको शोषण राजनीतिज्ञले पनि गर्दछन् । अनि सबैभन्दा आश्चर्यको कुरा त यो छ कि यस कुराको शिक्षकलाई कुनै बोध छैन कि उसको शोषण भइरहेको छ, सेवाको नाममा कि उसले समाजको सेवा गर्दछ, कि उसको शोषण हुँदैछ, यस शिक्षकलाई कुनै चेतना छैन । कि कुन कुन तरिकाले शोषण भइरहेको छ ।

भर्खरै केही दिन पहिले शिक्षकहरुको एक विराट सभामा बोल्न म गएको थिएँ, शिक्षक दिवस थियो । तब मैले उनीहरुसँग भनें कि एउटा शिक्षक यदि राष्ट्रपति भयो भने यसबाट शिक्षकको के सम्मान हुन सक्छ ? यसबाट कुन शिक्षकको सम्मान हुन्छ । मेरो बुझाइमा एउटा राष्ट्रपति शिक्षक भयो भने तबमात्र शिक्षकको सम्मान भएको अनुभूति हुन्छ तर एउटा शिक्षक राष्ट्रपति भयो भने यसमा शिक्षकको सम्मान कसरी हुन्छ ? एउटा राष्ट्रपति शिक्षक होओस् अनि भनोस् कि राष्ट्रपति हुनु व्यर्थ छ र म शिक्षक हुन चाहन्छु साथै शिक्षक हुनुमा आनन्द छ । तब त हामी सम्झिन्छौं कि शिक्षकको सम्मान भैरहेको छ । तर एउटा शिक्षक राष्ट्रपति होस्, यसमा शिक्षकको सम्मान छैन । यो राजनीतिज्ञको सम्मान हो । यसमा राजनेताको सम्मान छ । र, जब एउटा शिक्षक राष्ट्रपति भएर सम्मानित हुन्छ भने फेरि बाँकी शिक्षक पनि हेडमास्टर हुन चाहून्, स्कुल निरीक्षक हुन चाहून्, शिक्षामन्त्री हुन चाहून् त कुनै गल्ती छ ?

सम्मान त त्यहाँ छ जहाँ पद छ । अनि पद त्यहाँ छ, जहाँ राज्य छ । तर यस चिन्तनको सारा ढाँचा हाम्रो यस्तो छ कि सबैभन्दा माथि राज्य छ, सबैभन्दा माथि राजनीतिज्ञ छन् । राजनीतिज्ञले जानअन्जानवश शिक्षकद्वारा आफ्नो विचारको स्थितिलाई, आफ्ना धरणाहरुलाई बच्चाहरुमा प्रवेश गराइरहेको छ । धार्मिक मानिसहरु पनि गरिरहेका छन् त्यही ! धर्म शिक्षाको नाममा पनि यही चलिरहेको छ . . . . . . कि हरेक धर्मले यो कोसिस गर्दछन् कि बच्चाहरुको मनमा आफ्ना धारणाहरु प्रवेश गराइदिऊँ, चाहे त्यो सत्य होस्, चाहे असत्य होस् । र, यस उमेरमा प्रवेश गराइदिऊँ जब कि बच्चाहरुमा कुनै सोचविचार नै हुँदैन । योभन्दा घातक अपराध मनुष्यजातिमा कुनै दोस्रो छैन र न हुन नै सक्छ । एक अबोध अनि अन्जान बालकको मनमा यो भाव पैदा गरिदिनु कि कुरानमा जुन कुरा छ, त्यही सत्य हो या गीतामा जे छ त्यही सत्य हो या भगवान्् छन् त ऊ मोहम्मद हुन्, भगवान्् हुन् त महावीर हुन्, कृष्ण हुन् . . . . . . यी सारा कुरा एक अबोध, अन्जान, निर्दोष बच्चाको मनमा प्रवेश गराइदिनु . . . .. . . .। योभन्दा ठूलो घातक अपराध कुनै हुन सक्दैन । तर यस तरिकाले राजनीतिज्ञले पनि कोसिस गर्दछ ।

अघि हिन्दूस्तानको मामला थियो । स्वतन्त्रताको लडाइँ चलेको थियो, त हिन्दूस्तानका राजनीतिज्ञहरु भन्दथे कि शिक्षक र विद्यार्थी दुबैले राजनीतिमा भाग लिनुस् किनकि देशको स्वतन्त्रताको सवाल छ । फेरि तिनै राजनीतिज्ञ हुकुम चलाउने ठाउँमा आइपुगे, सत्तामा आए र उनीहरु भन्न थाले कि शिक्षक र विद्यार्थी राजनीतिबाट टाढा रहनुपर्छ । कम्यूनिष्ट र सोसालिस्ट भन्दछन् कि होइन, विद्यार्थीहरु राजनीतिबाट टाढा रहुन पर्ने कुनै जरुरी छैन । उनीहरुले राजनीतिमा भाग लिनै पर्दछ । शिक्षक र विद्यार्थीले राजनीतिमा भाग लिनुहोस् । भोलि कम्यूनिष्टहरु सत्तामा आए भने उनीहरुले भन्ने छन् कि अब तापईंहरुले यो राजनीतिमा भाग लिनु पर्ने कुनै जरुरत छैन । किनकि जुन कुरा जो राजनीतिज्ञको हितमा छ, त्यही सत्य हुन्छ, जब जुन मौकामा . . .. . . .. अनि शिक्षक र विद्यार्थीलाई यही सत्य हुन्छ, यही सम्झाउने कोसिस गरिन्छ ।

मेरो दृष्टिमा कुनै पनि व्यक्ति ठीक अर्थमा शिक्षक तब हुन सक्छ जब उसमा विद्रोहको एक अत्यन्त ज्वलन्त अग्नि हुन्छ । जुन शिक्षक भित्र विद्रोहको अग्नि हुँदैन ऊ केबल कुनै न कुनै नीति स्वार्थको चाहे समाज, चाहे धर्म, चाहे राजनीति त्यसको एजेन्ट हुनेछ । शिक्षकभित्र एक ज्वलन्त अग्नि हुनु पर्दछ विद्रोहको, चिन्तनको, सोचाइको तर के हामीसित सोचको अग्नि छ अनि यदि छैन भने के तपाईं पनि एक दोकानदार होइन ?

शिक्षक हुनु अर्कै ठूलो कुरा हो । शिक्षक हुनुको मतलब के हो ? के हामी सोच्दछौं– तपाईं बच्चालाई सिकाउँदै आउनु भएको छ । सारा दुनियाँँमा बच्चालाई सिकाउँदै आइएको छ, प्रेम गर भनेर बच्चालाई सिकाइन्छ । तर तपाईंले कहिल्यै विचार गर्नु भएको छ कि तपाईंंको पूरै शिक्षकको व्यवस्था प्रेममथि आधारित छैन । प्रतियोगितामाथि आधारित छ । प्रेम गर भनेर किताबमा सिकाइएको छ । अनि तपाईंको पूरा व्यबस्था, पूरै आयोजना प्रतियोगिताको छ । जहाँ प्रतियोगिता छ, त्यहाँ प्रेम कसरी हुन सक्छ । जहाँ कम्पिटिशन छ, प्रतिस्पर्धा छ, त्यहाँ प्रेम कसरी हुन सक्छ प्रतिस्पर्धा त ईष्र्याको रुप हो, जलनको रुप हो । पूरै व्यबस्था त जलन सिकाउँदै छ । एउटा बच्चा प्रथम स्थानमा आउँछ भने दोस्रो बच्चालाई भनिन्छ कि हेर तँ पछाडि परिस् र अर्को पहिलो भयो । तपाईंं के सिकाइरहनु भएको छ ? तपाईं सिकाइरहनु भएको छ ! प्रशंसा गर, प्रतिस्पर्धा गर, स्तुति गर, तिमी अगाडि आऊ । तपाईं के सिकाइरहनु भएको छ ! जो अगाडि हुन्छ ऊ ठूलो हुन्छ र जो पछि हुन्छ ऊ सानो हुन्छ भने अहंकार तपाईं सिकाइरहनु भएको छ । तर किताबमा तपाईं भनिरहनु भएको छ, विनित बन । अनि किताबमा तपाईं सम्झाइरहनु भएको छ, प्रेम गर । अनि तपाईंको पूरै व्यबस्थाले सिकाइरहेको छ कि घृणा गर, ईष्र्या गर, र अघि हऔं, दोस्रोलाई पछाडि धकेल । र, तपाईंको पूरा व्यबस्था त्यसैलाई पुरस्कृत गरिरहेको छ जो अगाडि आउँछ उसलाई गोल्डमेडल दिइएको छ, उसलाई सर्टीपिकेट दिइरहेको छ । उसको गलामा माला पहिरीरहेको छ । उसको फोटो छापिइरहेको छ । र, जो पछाडि परेको छ, उसलाई अपमानित गरिदैंछ ।

त तपाईं जब पछाडि परेको मानिसलाई अपमानित गर्नु हुन्छ भने के तपाईं उसको अहंकारलाई चोट पु¥याइरहनु भएको छैन कि ऊ अगाडि जाओस् भनेर, अनि जब अगाडि खडा भएको मानिसलाई सम्मानित गर्नु हुन्छ भने उसको अहङ्कारलाई प्रवल बनाइरहनु भएको छैन । र, जब यी बच्चाहरु यस तरिकाले अहङ्कारमा, ईष्र्यामा, प्रतिस्पर्धामा पालिन्छन् भने यिनीहरुले कसरी प्रेम गर्न सक्छन् । प्रेमको हमेसा अर्थ यो हुन्छ कि जसलाई हामी प्रेम गर्छौं, ऊ अगाडि बढ्न सकोस् । प्रेमको हमेशा अर्थ यो हुन्छ, पछाडि उभिन सक्ने हुनु ।

एउटा छोटो कहानी भनूँ त्यसबाट बुभ्mन सकिन्छ । तीनजना सूफी फकिरहरुलाई फाँसी दिन गइराखिएको थियो । दुनियाँँका धार्मिक मानिस हमेशा सन्तहरुको विरुद्धमा उभिएका छन् । त तिनै धार्मिक भनिएका मानिसले फकिरहरुलाई फाँसी दिंदै थिए । तीनजना फकिर फाँसी दिने ठाउँमा बसेका थिए । फाँसी दिने जल्लादले एकएकको नाम बोलाउँदै उनीहरुलाई काट्नेवाला थियो ।
उसले चिच्याएर भन्यो, नुरी नाम गरेको को हो ? उठेर तुरुन्त आइज । तर नुरी नामको मानिस उठेन, अर्को दोस्रो युवक उठ्यो र ऊ बोल्यो– म तयार छु मलाई काटी देऊ । उसले भन्यो कि तेरो नाम त यो होइन । मर्न यति हतार किन गरेको छस् ? उसले भन्यो कि मैले प्रेम गरेको छु अनि मैले यो जानें कि जब मर्ने हो भने अगाडि हुन सक र जब बाँच्ने हो भने पछाडि हुन सक । मेरो मित्र हो भने ऊ भन्दा अगाडि मै मर्न सकूँ । यदि जीवित हुने सवाल छ भने ऊ भन्दा पछाडि म बाँच्न सकूँ ।

प्रेमले त यही भन्दछ, तर प्रतियोगिताले के भन्दछ ? प्रतियोगिताले भन्दछ कि मर्नेवालाको पछाडि हुनु पर्दछ र जीवित रहनेहरुको अगाडि हुनु पर्दछ । अनि हाम्रो शिक्षाले के सिकाइरहेको छ । प्रेम सिकाइरहेको छ या प्रतियोगिता सिकाइरहेको छ ? र जब सारा दुनियाँँमा प्रतियोगिता सिकाउँदै गइन्छ भने बच्चाहरुको दिमागमा कम्पिटिशन र एम्विशन (महङ्खवाकांक्षा) को विष भरिन्छ यस कुराले दुनियाँँ सुन्दर हुन सक्छ ? जब हर बच्चा हर दोस्रो बच्चाभन्दा अगाडि जान उत्सुक हुन्छ र जब हर बच्चा हर बच्चालाई पछाडि पार्न उत्सुक हुन्छ भने बीस वर्षको शिक्षापछि जिन्दगीमा उसले के गर्ला ? त्यही गर्नेछ, जुन उसले सिकेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु