लिटिल फ्लावर फरक तवरले संचालन हुँदै, शिक्षकलाई दक्षता प्रदान गर्न प्रशिक्षण( भिडियो सहित) | NewsSudur

लिटिल फ्लावर फरक तवरले संचालन हुँदै, शिक्षकलाई दक्षता प्रदान गर्न प्रशिक्षण( भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
725 Views

चैत्र २५ धनगढी,
डिल्लीराज ओझा

पछिल्ला केहिवर्ष यता अतिरिक्त क्रियाकलापमा धनगढी आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान  बनाउन सफल धनगढी उपमहानगरपालिका २ मिलनचोकमा रहेको लिटिल फ्लावर बोर्डिङ हाइस्कुलले विद्यालयमा कार्यरत शिक्षकहरुलाई दक्षता प्रदान गर्न ६ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सो विद्यालयले विद्यालयमा कार्यरत २४ जना शिक्षकहरुलाई ‘शिक्षकको पेशागत विकास तालिम’ प्रशिक्षण दिन सुरु गरेको हो।

तालीममा सहभागी लिटिल फ्लावरका शिक्षक/ शिक्षिका

प्रशिक्षकको रूपमा शिक्षा तालिक केन्द्र दिपायलका बरिस्ठ प्रशिक्षक भिम प्रसाद पनेरुले ३ दिनसम्म विविध विषयमा र कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक सिताराम भट्टले ३ दिनसम्म अंग्रेजी विषयमा प्रशिक्षण दिने विद्यालयका प्राचार्य रामचन्द्र शाहिले बताउनुभयो ।उहाँले प्रविधिको विकाससंगै अहिले विद्यार्थी एकदमै एड्भान्स भैसकेकाले शिक्षकहरुलाई पनि एड्भान्स बनाउन विद्यालयले आफ्नै खर्चमा हरेक वर्ष नयाँ नयाँ  प्रशिक्षक मगाएर प्रशिक्षण दिइरहेको बताउनुभयो ।

भिडियो यता………..

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु