मुख्यमन्त्रीले गरे कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन | NewsSudur

मुख्यमन्त्रीले गरे कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन

[elfsight_social_share_buttons id="1"]
333 Views

धनगढी, २३ चैत्र
न्युज सुदुर संम्वादाता

र्‍याफ्टिङको लागि प्रसस्तै सम्भावना रहेको सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश र प्रदेश न.५ को सिमाना जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ ज्याम्बोरी २०७५ सुरु भएको छ। सनिवार एक कार्यक्रमका बिच कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन गर्नुभएको हो ।

 

मोहन्याल गाउँपालिकाको सोल्टाबाट शुरु भएको र्‍याफ्टिङ झण्डै २३ किमि लामो जलयात्रापछि कैलालीको चिसापानीमा समापन हुनेछ । उक्त दुरी पार गर्न ३ देखि ४ घण्टासम्म लाग्ने जनाइएको छ।
कर्णाली नदीमा र्‍याफ्टिङका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको कर्णाली र्‍याफ्टिङ ज्याम्बोरी २०७५ उल्लेख्य सहभागिता रहेको छ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउनको लागि यो अभियान फकदायी हुने मुख्यमन्त्री भट्टले बताउनुभयो । मोहन्याल गाउँपालिकाको सोल्टाबाट शुरु भएको र्‍याफ्टिङ चिसापानीमा पुगेर आगामी चैत्र २५ गते समापन हुने बताइएको छ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु