नेपालको खराब ब्याटिङ : लाग्यो छैटौं झट्का | NewsSudur

नेपालको खराब ब्याटिङ : लाग्यो छैटौं झट्का

[elfsight_social_share_buttons id="1"]
587 Views

अन्डर-१९ विश्वकपको तयारी स्वरुप भारत भ्रमणमा रहेको नेपाली युवा टोलिले भारतको आन्ध्रा प्रदेश स्तरीय टोलिसङ्ग चौथो अभ्यास खेल खेलिरहेको छ ।

अहिले जारी खेलमा आन्ध्र अन्डर-१९ टोलि विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाललाई ब्याटिङमा छैटौं झट्का लागेको छ । नेपालको लागि ब्याटिङमा रित गौतमले १३, अभिशेक बस्नेतले १, आशिफ सेईखले ५ र पवन सराफले ३२ , भिम शार्की र रोहित पौडेल समान १८-१८ रन बनाएर आउट भएका छ्न ।

नेपालको लागि अहिले क्रीजमा कुशल मल्ल र लोकेश बम को जेडि खेलिरहेको छ । ताजा अवस्थामा नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर ११८ रन जोडेको छ ।

भारत भ्रमणमा रहेको १८ सदस्यीय टोलि नेपाल फर्किएपछि विश्वकपको छनोटको लागि १४ सदस्यीय टोलि चयन गरीनेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु