एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, माओवादीद्वारा चार सभामुखको दाबी | NewsSudur

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, माओवादीद्वारा चार सभामुखको दाबी

[elfsight_social_share_buttons id="1"]
136 Views

काठमाडौँ, ३० पुस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिनुभयो ।
राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु