आईपिएलमा सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सको पोस्टमार्टम | NewsSudur

आईपिएलमा सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सको पोस्टमार्टम

[elfsight_social_share_buttons id="1"]
1891 Views

ज्ञानेन्द्र भट्ट ,
चैत्र ०६ गते , धनगढी
ईन्डियन प्रिमियर लिग ईतिहासमा दिल्ली क्यापिटल्स एकमात्र यस्तो टिम हो जुन अहिलेसम्म फाईनल प्रवेश गर्न असफल भएको छ । आईपिएलमा प्रत्येक वर्ष दिल्लीले आफ्नो टिममा नयाँ-नयाँ परिवर्तन गर्छ तर अपेक्षित प्रतिफल भने निकाल्न सक्दैन । दिल्लीले यसपटक आफ्नो नाम समेत परिवर्तन गरेको छ डेयर डेभिल्सको सट्टा क्यापिटल्स बनाएको छ ।

नाम परिवर्तन सङ्गै दिल्लीको टिममा पनि व्यापक परिवर्तन भएको छ । तुलनात्मक रुपमा टिममा सन्तुलन कायम भएकाले यसपटक दिल्लीको यात्रा उपाधि सम्म नै हुनसक्छ ।
यस्तो छ दिल्ली क्यापिटल्सको टिम –
श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त(विकेटकीपर), अमित मिश्रा, क्रिस मौरिस, आवेश खान, हर्षल पटेल, राहुल तेवटिया, मनजोत कालरा, कोलिन मुनरो, कगिसो रबाडा, 
सन्दिप लामिछाने, ट्रेट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, अंकुश बेस, नाथू सिंह, कालिन इनग्रम, शेरफेन रदरफोर्ड,कीमो पाउल,जलज सक्सेना, पृथ्वी श शिखर धवन र बन्दारू अयप्पा रहेका छन ।

टिम मालिक  : जीएमआर ग्रुप र जीएसडब्लू

दिल्ली क्यापिटल्स टिमको पुरा विश्लेषण

टिमको बलियो पक्ष –
दिल्ली टीमको सबैभन्दा बलियो पक्ष भनेको ब्याटिङ अर्डर मजबुत हुनु हो । खासगरी आईपिएलको अक्सन अघि गब्बरको नामले परिचीत विस्पोटक ब्याट्सम्यान शिखऱ धवनको टिममा प्रवेश हुनु नै एक बलियो आधार हो । धवन सङ्गै टिममा श्रेयस अय्यर, पृथ्वी श र ऋषभ पन्त जस्ता ब्याट्सम्यान रहेका छन जसले ठुल-ठुला पारीहरु समेत खेल्ने क्षमता राख्दछन ।

ब्याटिङ सङ्गै टिममा रहेको बलिङ पक्ष पनि बलियो मान्न सकिन्छ । दिल्लीलाई बलिङमा कगिसो रबाडा र ट्रेट बोल्टलाई प्रमुख हतियारको रूपमा प्रयोग गरेर फाईदा लिने मौका रहेको छ ।

टिमको कमजोरी पक्ष –

दिल्लीको सबैभन्दा कमजोरी पक्ष भारतीय तीब्र बलर हुन । जसमा दिल्लीलाई धेरै विकल्प छैनन । आवेश खानले पछिल्लो सिजनमा केहि प्रभावित त गरेका थिए तर महङ्गो सावित भएका थिए ।यसका साथै इशान्त शर्माको प्रदर्शन पनि सिमित ओवरको फर्मेटमा राम्रो रहेको छैन।

टीममा फिनिशरको भूमिका निभाउने ब्याट्सम्यानको पनि कमि छ । उपयुक्त फिनिशर नहुदा दिल्लीलाई समस्या हुने देखिएको छ ।

टीमसङ्ग केहि मौका : दिल्ली टिममा कहिले पनि ट्यालेन्टको कमि भएन र यसपटक पनि कमि छैन । ब्याटिङ र बलिङमा प्रतिभाशाली खेलाडि समेत छन ।ब्याटिङतर्फ पृथ्वी श, श्रेयस अय्यर र ऋषभ पन्त जस्ता खेलाडी छन भने बलिङतर्फ अमित मिश्रा , अक्षर पटेल र विकल्पको रूपमा नेपाली खेलाडी सन्दिप लामिछानेको स्पिन जादु पनि चल्नेछ ।

टिमलाई खतरा –

दक्षिण अफ्रिकाका बलर पुरै सिजन भरी टिममा उपलब्ध नहुने भएकाले दिल्लीलाई केहि खतरा भने देखिएको छ ।

दिल्लीको अङ्क तालिकामा स्थान –

सहभागि खेलाडीहरुको प्रदर्शनलाई मध्यनजर गर्ने हो भने दिल्लीको स्थान सुपर चार भित्र देख्न सकिन्छ । अनुभवी र युवा खेलाडीले भरीएको टिम दिल्ली यसअघिका सिजनहरु भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।

सम्भावित प्लेईङ ११ –
शिखर धवन, पृथ्वी श, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), हनुमा विहारी, कलिन इनग्रम, अक्षर पटेल, क्रिस मरिस, सन्दिप लामिछाने, इशान्त शर्मा र ट्रेन्ट बोल्ट।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु