उर्लियो शिक्षकको आन्दोलन, प्रहरीले दमन गर्दा शिक्षकहरु घाईते (फोटो फिचर) | NewsSudur

उर्लियो शिक्षकको आन्दोलन, प्रहरीले दमन गर्दा शिक्षकहरु घाईते (फोटो फिचर)

[elfsight_social_share_buttons id="1"]
1822 Views

देशभरका राहत तथा बालविकास शिक्षकहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन । संघीय शिक्षा ऐनको विरोद लगायत अन्य विभिन्न माग राख्दै राहत शिक्षकहरु काठमान्डौ केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।

आइतबार देशभरीका बालबिकास तथा राहत शिक्षकहरुले काठमाडौंमा माइतिघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका छन ।

यसैबिच काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको बताईएको छ ।
प्रहरीको दमन पछि केहि आन्दोलनरत शिक्षक घाईते समेत भएका छन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु