पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने बने, म्यान अफ द म्याच | NewsSudur

पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने बने, म्यान अफ द म्याच

[elfsight_social_share_buttons id="1"]
1906 Views

दुबईमा जारी पाकिस्तान सुपर लिगमा लाहोर क्लन्दर्सलाई क्वेटा ग्ल्याडिटर्स विरुद्ध ८ विकेटको फराकिलो जित दर्ता गर्न महत्त्वपूर्ण योगदान दिएका सन्दिप लामिछाने खेलको म्यान अफ द म्याच घोषणा भएका छ्न । लाहोरको लागि ४ ओभर बलिङ गर्दै ४ विकेट र फिल्डिङमा उत्कृष्ट क्याच लिएका सन्दिप लामिछाने पहिलोपटक पाकिस्तान सुपर लिगमा म्यान अफ द म्याच चुनिएका हुन ।

बुधबार सम्पन्न खेलमा क्वेटाले जितको लागि दिएको १०७ रनको लक्ष्य लाहोरले १६.३ ओभरमा २ विकेट गुमाउँदै भेट्याएको हो । लाहोरको जितमा ब्याटिङ तर्फ कप्तान एबि डेभिलियर्सले अविजित ४७ , हरिस सोहिलले ३३ र गौहर अलिले २१ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।

यस अघि लाहोर विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको क्वेटा १९.१ ओभरमा मात्र १०६ रनमा समेटिएको थियो ।

क्वेटाको लागि ब्याटिङमा असन अलिले सर्वाधिक ३३, कप्तान सर्फराज अहेमदले २९ महोम्मद नवाजले १२, रैली रुस्सोले ८ र सेन वाट्सनले ७ रनको योगदान दिएका थिए ।

क्वेटालाई सस्तैमा समेट्ने क्रममा नेपाली स्टार सन्दिप लामिछाने एक्लैले ४, हारिस राउफले २ तथा सहिन अफ्रीदी र यासिर साहले समान १-१ विकेट लिएका थिए ।

आफ्नो स्पेलको पहिलो ओभरमा सेन वाट्सनको विकेट लिएका सन्दिपले दोस्रो ओभरको पहिलो बलमै रैली रुस्सो र अन्तिम बलमा उमर अक्मलको विकेट लिएका हुन भने तेस्रो ओभरको तेस्रो बलमा डानिस आजिजको विकेट लिएका थिए ।

सन्दिपले पहिलो ओभरमा ३ रन खर्चेका थिए भने दोस्रो ओभरमा मात्र २ रन खर्चिए । त्यसैगरी उनले आफ्नो तेस्रो ओभरमा ३ र चौथो ओभरमा २ रन मात्र खर्च गरेका थिए ।

पहिलोपटक पाकिस्तान सुपर लिग खेलेका सन्दिप लामिछानेले तिन खेलबाट ८ विकेट लिईसकेका छ्न । आजको खेलमा फिल्डिङ तर्फ पनि सन्दिपले सर्फराज अहेमदको उत्कृष्ट क्याच गर्दै विकेट लिएका थिए ।

प्रतियोगितामा छैटौं खेल खेलेको लाहोरले तेस्रो जित दर्ता गरेको हो ।

केहि तस्बिरहरु –


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु