सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटनामा दुईको मृत्यु | NewsSudur

सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

[elfsight_social_share_buttons id="1"]
118 Views

चौतारा, ३० पुस : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् । लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिनुभयो । भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु