हङकङद्वारा नेपाललाई जितको लागि ६३ रनको लक्ष्य प्रस्तुत, नेपालको खराब सुरुवात | NewsSudur

हङकङद्वारा नेपाललाई जितको लागि ६३ रनको लक्ष्य प्रस्तुत, नेपालको खराब सुरुवात

[elfsight_social_share_buttons id="1"]
686 Views

थाइल्यान्डमा जारी महिला टि-२० विश्वकपको एसियाली छनोटमा खेलिरहेको नेपाललाई हङकङले जितको लागि ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

बैंकक स्थित एसियन ईन्स्टिच्युट ओफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रनको योगफल तयार पारेको हो ।

 

हङकङको लागि ब्याटिङमा म्यारिना ल्याम्पलौले सर्वाधिक १९, यासमिन डसवानिले १६ र बेला पोनले ११ रनको योगदान दिएकी थिइन ।

 

बलिङतर्फ नेपालकी नेरी थापा एक्लैले सर्वाधिक ६ ,र सिता रानामगरले २ विकेट लिएकि थिईन।

 

 

नेपालको लागि  नेरी थापा एक्लैले ६ विकेट लिएकी हुन । ४ ओभर बलिङ गरेकी नेरीले ८ रन खर्चेर ६ विकेट लिएकी छन ।

 

यसै बिच नेपाललाई हङकङले जितको लागि दिएको ६३ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती ६ रन जोड्दा २ महत्त्वपूर्ण विकेट गुमाएको छ । ताजा अवस्थामा नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर १० रन बनाएको छ ।

 

प्रतियोगितामा नेपालले खेलेका दुई खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ ।

 

विभिन्न ७ टोलि सहभागी प्रतियोगितामा नेपाल अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने हङकङ तिन खेलबाट तिनै खेलमा पराजय बेहोर्दै अङ्क तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

गत फाल्गुन ६ गतेदेखि संचालन भएको प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, यूएई, हङकङ, मलेसिया, कुवेत र चीन गरी ७ टोलीले सहभागिता जनाएका छन ।

 

प्रतियोगिताको विजेता टोलिले यसै वर्ष हुने टि-२० विश्वकप र सन २०२१ मा हुने एकदिवसीय विश्वकपको ग्लोबल छ्नोट खेल्न पाउनेछ ।

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु