वेस्टईन्डिजद्वारा इङ्गल्याण्ड २६ रनले पराजित ,सिरिजमा १-१ को बराबरी | NewsSudur

वेस्टईन्डिजद्वारा इङ्गल्याण्ड २६ रनले पराजित ,सिरिजमा १-१ को बराबरी

[elfsight_social_share_buttons id="1"]
914 Views

वेस्टइन्डिज र ईङ्गल्याण्ड बिच जारी एकदिवसीय सिरीज अन्तर्गत दोस्रो एकदिवसीय खेलमा वेस्टईन्डिजले २६रनको जित हासिल गरेको छ । दोस्रो खेलमा जित निकाल्दै वेस्टईन्डिजले ५ खेलको सिरिजमा १-१ को बराबरी कायम गरेको छ ।

वेस्टईन्डिजले जितको लागि दिएको २९० रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको ईङ्गल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २६३ रनमात्र बनाउन सकेको थियो । ईङ्गल्यान्डको लागि ब्याटिङमा बेन स्टकले ७९ , कप्तान ईयन मोर्गनले ७०, जोई रुट्ले ३६ ,जोस बुट्लरले ३४ ,आदिल रशिदले १५ र मोईन अलिले १२ रनको योगदान दिएपनि जितको लागि प्रयाप्त भएन । ईङ्गल्यान्डले सुरुवाती १० रनको अवस्थामा २ विकेट गुमाएको थियो ।

बलिङतर्फ वेस्टईन्डिजका सेल्डन कोट्रेलले सर्वाधिक ५ ,ज्यासन होल्डरले ३ तथा ओस्ने थोमस र क्यार्लोस ब्र्याथोईटले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टईन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८९ रनको योगफल तयार पारेको थियो ।वेस्टईन्डिजको ब्याटिङमा सिमरन ह्याटमेयरले सर्वाधिक १०४ र क्रीस गेलले ५० रनको पारी खेलेका थिए ।

तिन खेलको सिरिजमा पहिलो खेल ईङ्गयान्डले जितेको थियो भने तेस्रो खेल अगामि सोमबार हुनेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु