आईसीसीले तलब पठाएकै दिन विवाद सुरु : प्रशिक्षकले तलब स्विकार नगर्ने | NewsSudur

आईसीसीले तलब पठाएकै दिन विवाद सुरु : प्रशिक्षकले तलब स्विकार नगर्ने

[elfsight_social_share_buttons id="1"]
5592 Views

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सन २०१६ देखि रोकिएको नेपाली क्रिकेट खेलाडी र प्रशिक्षकहरुको मासिक तलब आज एकमुष्ट पठाएकै दिन तलबको विषयमा विवाद सुरु भएको छ ।

आईसीसीले आज २१ जना क्रिकेट खेलाडीहरु , प्रमुख प्रशिक्षक जगत बहादुर टमटा र क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक रमण शिवाकोटीले पाउने दुई वर्षको मासिक तलब अनुसार राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको थियो ।

खेलाडीहरुले विभिन्न तिन वर्गमा बिभाजन गरे अनुसार न्युनतम १५ हजार देखि अधिकतम ३५ हजारसम्म तलब पाउनेछ्न ।

यसैबीच आइसीसीले प्रशिक्षक जगत टमटा र रमन शिवाकोटीलाई मासिक १५ हजारको दरले तलब पठाइदिएको भन्दै प्रशिक्षक जगत टमटाले असन्तुष्टि व्यक्त गरेका हुन्।

क्यान भङ्ग हुनु अघि आफुसङ्ग मासिक मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भए पछि आफुले कुनै पनि तलब सम्झौतामा हस्ताक्षर नगरेको प्रशिक्षक जगत टमटाले बिबिसी नेपाली सङ्ग कुरा गर्दै बताएका छ्न ।

२१ जना खेलाडीहरु मध्ये ७-७ जनालाई विभिन्न क, ख र ग श्रेणीमा बिभाजन गरीएको छ । क श्रेणीका खेलाडीहरुले मासिक ३५ हजार , ख श्रेणीका खेलाडीहरुले मासिक २५ र ग श्रेणीका खेलाडीले मासिक १५ हजारको दरले तलब पाउने छ्न ।

क श्रेणीमा परेका पारस खड्का लगायतले एकमुष्ट २४ महिनाको तलब ८ लाख ४० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु