काठमान्डौको चन्द्रागिरीमा हिमपात हुँदै (फोटो फिचर ) | NewsSudur

काठमान्डौको चन्द्रागिरीमा हिमपात हुँदै (फोटो फिचर )

[elfsight_social_share_buttons id="1"]
757 Views

पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा बिहीबारदेखि वर्षा भैरहेको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।

हिउँ परेसँगै काठमाण्डौमा चिसो पनि बढेको छ ।

पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो पनि बढ्नेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु