सरकार विरुद्ध सडकमा काङ्ग्रेस : धनगढीमा भएको शक्ति प्रदर्शन (फोटो फिचर ) | NewsSudur

सरकार विरुद्ध सडकमा काङ्ग्रेस : धनगढीमा भएको शक्ति प्रदर्शन (फोटो फिचर )

[elfsight_social_share_buttons id="1"]
648 Views

प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरेको छ । काँग्रेसले काठमाडौ लगायत ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन र विरोधसभा गरेको हो ।

विरोध सभालाई काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका छन् ।

त्यस्तै पार्टी उपसधापति विमलेन्द्र निधि धनुषाको विरोध प्रदर्शन र सभालाई सम्बोधन गरेका छन् । त्यस्तै सहमहामन्त्री प्रकाशशरण महत दाङ, डा शशाङ्क कोइराला नवलपरासी र नेता शेखर कोइरालाले मोरङमा भएको सभालाई सम्बोधन गरेका छन् ।

बाइडबडी खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त बलात्कार, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा काँग्रेसले सरकारको विरोध गर्दै आएको छ ।

तस्बिरहरु www.dineshkhabar.com बाट लिईएका हुन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु