राप्ती सोनारी गाउँपालिकाका लागि ६९१ योजना तर्जुमा | NewsSudur

राप्ती सोनारी गाउँपालिकाका लागि ६९१ योजना तर्जुमा

[elfsight_social_share_buttons id="1"]
136 Views

नेपालगञ्ज, २९ पुस : बाँकेका राप्तीसोनारी गाउँपालिकाले आव २०७४÷०७५ का लागि ६९१ योजना तथा कार्यक्रम तर्जुमा गरेको छ । सो गाउँपालिकाको वडा नं १ देखि ९ मा सञ्चालन गरिने विकास योजना शुरुवातको प्रक्रिया प्रारम्भ भइसकेको अध्यक्ष लाहुराम थारुले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार मल्लका अनुसार, गाउँपालिकामा सडक, पुलपुलेसा, नदीमा तटबन्ध, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाको विस्तार र विकास, बालबालिका तथा महिलाको सशक्तीकरण, कृषिको आधुनिकीकरणलगायतका योजना तथा कार्यक्रम तर्जुमा गरिएको छ । गाउँपालिकाले चालु आवको बजेट फ्रिज हुन नदिन सञ्चालित योजनाको निरन्तर अनुगमन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मल्लले बताउनुभयो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु