आगो ताप्दा जलेर एक गृहिणी सख्त घाइते | NewsSudur

आगो ताप्दा जलेर एक गृहिणी सख्त घाइते

[elfsight_social_share_buttons id="1"]
230 Views

काँकडभिट्टा, २९ पुस : आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते हुनुभएको छ । बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ । पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु