हेटौँडामा राष्ट्रिय कुस्ती शुरु | NewsSudur

हेटौँडामा राष्ट्रिय कुस्ती शुरु

[elfsight_social_share_buttons id="1"]
139 Views

हेटौँडा, २७ पुस : राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हेटौँडामा आजदेखि राष्ट्रिय कुस्ती शुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरी ७८ जना सहभागी भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५६ तथा महिलातर्फ २२ जना रहेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ५७ केजीदेखि १२५ केजीसम्मको उमेर समूह तथा महिलातर्फ ४५ केजीदेखि ७५ केजीसम्मका उमेर समूहको सहभागिता रहनेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु